आज पैचिंग ओलिम्पिक खेलकुद प्रतियोगिता पन्ध्रौं दिनमा प्रवेश भएको छ। आज जम्मा बत्तीसवटा स्वर्ण पदकको छिनोफानो हुनेछ। पैचिंग समयअनुसार बेलुकी छ बजेसम्म एघार वटा स्वर्ण पदकको निर्णय भइसकेको छ।
चीनले प्राप्त गरेको स्वर्ण अठचालीस , रजत सत्र र सताईसवटा काँश्यसमेत गरी बयान्नब्बेवटा पदक प्राप्तगरी अग्रस्थानमा रहेको छ।
सो प्रतिस्पर्धामा अमेरिकाले आज बेलुकी छ बजेसम्म एकतीसवटा स्वर्णपदक पाएर दोस्रो स्थानमा रहँदै चीनलाई पछ्याइरहेको छ। अमेरिकाले आज बेलुकी छ बजेसम्म एकतीसवटा स्वर्ण, छतीसवटा रजत र छतीसवटा काँश्यसमेत एकसय तीनवटा पदकसहित दोस्रो स्थानमा रहेको हो।
यस्तै आजसम्मको प्रतिस्पर्धामा रुसले आज बेलुकी छ बजेसम्म उन्नाईसवटा स्वर्ण बीसवटा रजत र तेइसवटा काँश्य पदकसहित बयसट्ठीवटा पदक हात परेर तेस्रो भएको छ।
त्यसै गरी ओलम्पिकको पन्ध्रौं दिनसम्मको खेलमा बेलायतले आज बेलुकी छ बजेसम्म अठारवटा स्वर्ण, तेह्रवटा रजत र चौधवटा काँश्यसमेत पैंतालीसवटा पदकपाई चौथो भएको छ।
त्यस्तै जर्मनीले पन्ध्रवटा स्वर्ण दशवटा रजत र पन्ध्रवटा काँश्य पदकसहित चालीसवटा पदक प्राप्त गरी पाँचौँ स्थानमा सीमित हुनपुगेको छ।
|