अब प्रस्तुत गर्दैछौं, पैचिङ्ग ओलम्पिक2008 को सन्दर्भमा अन्वेशा रेडियो श्रोता क्लबका अध्यक्ष अश्रफुल इश्लामले हामीलाई पठाउनुभएको यो संदेश।
यो ज्यादै खुशी र आनन्दको समय हो । मैले प्रत्यक्ष प्रसारणमार्फत पैचिङ्ग ओलम्पिक खेलकुदको उद्धाटन समारोह हाम्रो रेडियो टेलिभिजन प्रसारणमार्फत हेर्ने मौका पाएँ। खासगरेर बि.टि.भी.ले यसमा मद्दत गर्यो। यो समारोह ज्यादै प्रभावकारी थियो। चीनले यसबाट एक इतिहास खडा गरेको छ। यति मात्र होइन, आफ्नो परम्परा र संस्कृति पनि देखाएको छ। यस्ता उद्धाटन समारोह कमै मात्र हुन्छन् भन्ने मेरो विचार छ। रङ्गशाला तथा अन्य सुविधा र पैचिङ्गको प्रशासन अतुलनीय र असाधारण छ। यसलाई अति उच्च दर्जामा राख्न सकिन्छ।
उद्धाटन समारोहदेखि हालसम्म चिनियाँ खेलाडीहरुको खेलकुदकला र दक्षता उच्च स्तरको देखिन्छ। खेलाडीहरुको खेलचातुर्य देखेर हामी अचम्ममा परेका छौं। हामीलाई विश्वास छ कि चीनले सबैभन्दा बढी स्वर्ण पदक जित्नेछ। चीनले उच्च स्तरीय खेलकुदको आयोजना गरेको स्पष्ट छ।
|