पैचिङ्ग ओलम्पिक संयोजन समितिका कार्यकारी उपाध्यक्ष थाङ स्याउ छ्यानले आज पैचिङ्गमा बोल्दै भोलि अर्थात पच्चीस अगष्टदेखि पैचिङ्ग ग्रीष्मकालीन् ओलम्पिकदेखि ग्रीष्मकालीन प्यारा ओलम्पिकतर्फ संक्रमणकालीन अवधिमा प्रवेश हुने र हालसम्म प्यारा ओलम्पिकको तयारी कार्य सुचारु रुपमा चलिरहेको कुरा बताउनुभएको छ।
उहाँका अनुसार, हालसम्म प्यारा ओलम्पिकका लागि तयार भएका बीसवटा रङ्गशाला सबै परिक्षामा सफल भएका र शारिरिक कमजोरहरुका लागि राखिएका प्रबन्ध पनि परीक्षामा पास भएका छन्। यसअतिरिक्त, प्यारा ओलम्पिकका लागि तोकिएका बाइसवटा अस्पताल तथा सोह्रवटा होटेलहरुमा शारिरिक कमजोरहरुका लागि प्रबन्ध गरिसकिएको छ।
यसबाहेक, पैचिङ्गमा लीग भएका यातायातमा संलग्न स्टेशनमा पनि वीलचेअर प्रयोगकर्ताहरुलाई चाहिने सुविधा प्रदान गरिएको छ। प्यारा ओलम्पिकको अवधिमा पैचिङ्गमा सोह्र वटा सार्वजनिक बस रुटमा शारिरिक कमजोर भएकाहरुका लागि प्रबन्ध गरिने चार सय सार्वजनिक बस पनि प्रदान गरिने छ।
|