चीनका प्रधान मन्त्री वन च्या पाउले आज विहान पैचिङ्गमा बेग्ला बेग्लै रुपमा पैचिङ्ग ओलम्पिक खेलकुदको समापन समारोह तथा सम्बन्धित कार्यक्रममा भाग लिनुहुने नेपाल, मंगोलिया तथा डमिनिकाका प्रधान मन्त्रीसँग भेट गर्दै द्बिपक्षीय सम्बन्ध तथा साझा अभिरुचि भएका विषयबारे विचार विमर्श गर्नुभएको छ।
नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालसंगको भेटमा चीनका प्रधान मन्त्री वन च्या पाउले चीनले सधैँ नेपालले छानेको सामाजिक परिपाटी तथा विकासको बाटोलाई चीनले सम्मान गर्दै नेपालको राजनैतिक स्थिरता तथा आर्थिक विकासलाई सवल तुल्याउने विश्वास व्यक्त गर्नुभएको छ। सोही अवधिमा नेपाली प्रधानमन्त्री दाहालले नेपाल र चीनबीचको छिमेकीपन र मैत्रीपूर्ण सहयोग समयको परीक्षामा उत्तीर्ण भएको र चीनले देशको सार्वभौमसत्ता तथा भूभागको अक्षुण्णताका लागि गरेको प्रयासको नेपालले संधै नै समर्थन गर्ने कुरा व्यक्त गर्नुभएको छ।
|