|
सन् 2008 पेइचिंग ओलम्पिक खेलकुद आज रातिसम्म सफलताका साथ सम्पन्न भयो। यस पटकको खेलकुदमा विश्वका विभिन्न मुलुकका खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गरेर हामी सबै दर्शकहरुले उच्चस्तरीय खेल हेर्न पाएका छौं।
नेपाली ओलम्पिक समितिका महासचिव जीवनराम श्रेष्ठले यस पेइचिंग ओलम्पिक खेलकुद सलफ मात्र होइन विश्व जगतलाई नै आश्चर्य बनाएको तथा भव्य रुपमा सफल भएको भनी यसको उच्च मूल्याँकन गर्नुभएको छ।
यस पटकको पेइचिंग ओलम्पिक खेलकुदको तयारी, खेलकुदका पूर्वाधारहरुको स्तर उच्च भएको र निकै सुविधायुक्त भएको कारणले खेलाडीहरुले नयाँ नयाँ विश्व किर्तिमान राखेको कुरा उहाँले बताउनुभएको छ।
|