china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    पैचिङ्ग ओलम्पिक खेलकुदको आज अन्तिम दिन, अन्तिम बाह्र स्वर्णपदकको छिनोफानो
    (GMT+08:00) 2008-08-24 18:19:27    

                पैचिङ्ग ओलम्पिक खेलकुद आज सोह्रौं दिनमा प्रवेश भई जम्मा बाह्रवटा स्वर्णपदकको छिनोफानो भएको छ।

                ट्राक एण्ड फिल्ड प्रतियोगितामा केन्याका खेलाडी वानसिरु सामुएल कामाउले पुरुषतर्फ माराथोनको च्याम्पिशिप प्राप्त गरी नयाँ ओलम्पिक रेकर्ड सिर्जना गरेका छन्।

                 कलात्मक सामूहिक जिम्नास्टिक प्रतियोगितामा रुसले स्वर्ण पदक प्राप्त गरेको छ र चीनले रजत पदक प्राप्त गरेको छ। यो चिनियाँ कलात्मक जिमानास्टिक टोलीले ओलम्पिकमा प्राप्त गरेको सबभन्दा राम्रो उपलब्धि हो।

                 पुरुषतर्फको बक्सिङ्ग अड्चालिस के.जी. फाइनलमा चिनियाँ खेलाडी चौ श मिङले स्वर्णपदक प्राप्त गरेका छन्। यो चिनियाँ बक्सिङ्ग टोलीले प्राप्त गरेको पहिलो ओलम्पिक स्वर्णपदक हो।

                पुरुषतर्फ भलिबल फाइनलमा अमेरिकाले स्वर्णपदक प्राप्त गरेको छ।

                 पुरुषतर्फ बक्सिङ्ग चौवन्न के.जी. प्रतियोगितामा मंगोलियाली खेलाडी बादार उगान एन्घबाथले स्वर्ण पदक प्राप्त गरेका छन्।

                 पुरुषतर्फ बक्सिङ्ग उनान्सत्तरी के.जी. फाइनलमा कजाकिस्तानी खेलाडीले क्युबाका खेलाडीलाई पराजित गरी स्वर्णपदक प्राप्त गरेका छन्। चिनियाँ खेलाडी हानाथी सिलामु तथा दक्षिण कोरियाली खेलाडी किम जौनचुले काँस्य पदक प्राप्त गरेका छन्।

                  पुरुषतर्फ बक्सिङ्ग एकासी के.जी.को फाइनलमा चिनियाँ खेलाडी चाङ स्याउ फिङले आयरल्यान्डका खेलाडीलाई उछिनेर स्वर्णपदक प्राप्त गरेका छन्।

                 पुरुषतर्फ बास्केटबल प्रतियोगितामा अमेरिकाले स्पेनलाई हराएर च्याम्पिङ्गशिप प्राप्त गरेको छ।

                पुरुषतर्फ बक्सिङ्ग एकानब्वे के.जी. भन्दा बढीको फाइनलमा इटलीका खेलाडी रोबर्टो कामारेलेले स्वर्णपदक प्राप्त गरेका छन् र चिनियाँ खेलाडी चाङ च लैले रजत पदक प्राप्त गरेका छन्।

               पुरुषतर्फको वाटरपोलो प्रतियोगितामा हंगेरीले स्वर्णपदक प्राप्त गरेको छ।

               पुरुषतर्फको ह्याण्ड बल प्रतियोगितामा फ्रान्सले स्वर्णपदक प्राप्त गरेको छ र यो यस पटकको ओलम्पिक खेलकुदको अन्तिम स्वर्णपदक हो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040