china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनका राष्ट्राध्यक्ष हु चिन थाउद्वारा दक्षिण कोरिया, ताजिकिस्तान र तुर्कमनिस्तान भ्रमण तय
    (GMT+08:00) 2008-08-25 22:03:00    

            29औं ग्रीष्मकालीन ओलम्पिक खेलकुद पैचिंगमा सम्पन्न भएपछि चीनका सर्वोच्च नेताले छ दिने भ्रमण गर्नुहुने छ। आज 25 तारिख विहान चीनका राष्ट्राध्यक्ष हु चिन थाउ पैचिंगबाट गणतन्त्र कोरिया, ताजिकिस्तान र तुर्कमनिस्तानतर्फ प्रस्थान गर्नुभयो। राष्ट्राध्यक्ष हुले तीन मुलुकहरुको भ्रमण गर्नुहुने र ताजिकिस्तानको राजधानी दुसान्बेमा आयोजना हुने शांगहाई सहयोग संगठनका राष्ट्रानायकस्तरीय परिषदको आठौं सम्मेलनमा भाग लिनुहुने छ।

            दक्षिण कोरिया श्री हु चिन थाउको भ्रमणको पहिलो स्थान हो। चीन र दक्षिण कोरियाबीचको दौत्य सम्बन्ध सोह्रौं वर्षमा प्रवेश भएको छ। सन् 1992 मा चीन र दक्षिण कोरियाले एक विज्ञाप्ति प्रकाशित गरी त्यसै वर्षको अगष्ट महिना 24 तारिखका दिन राजदूतस्तरीय दौत्य सम्बन्धलाई एक अर्कालाई मान्य भएको र स्थापना गरेको कुराको घोषणा गरेका थिए। चीन र दक्षिण कोरियाबीचको सम्बन्ध दश वर्षसम्म विकास भएपछि दुई मुलुकहरुले चौतर्फी सहयोगात्मक साझेदारी सम्बन्धको स्थापना गरेको कुराको घोषणा गरेका थिए। यसै वर्षको मे महिनामा दक्षिण कोरियाका राष्ट्रपति ली म्युङ बाकले चीनको भ्रमण गर्नुभएको अवसरमा यी दुई पक्षले द्बिपक्षीय सम्बन्धलाई रणनैतिक सहयोगात्मक साझेदारी सम्बन्ध अझ सवल बनाउन स्वीकार गरेका छन्।

            चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता छिन काङ्गले हाल श्री हु चिन थाउले सन् 2005 मा दक्षिण कोरियाको राजकीय भ्रमण गर्नुभएपछि दक्षिण कोरियाको भ्रमण गर्नुहुने यो दोस्रो पटक हो भनी बताउनुभयो। यस पटकको भ्रमण चीन र दक्षिण कोरियाबीचको सम्बन्धका लागि महत्वपूर्ण अर्थ रहेको छ। श्री छिन काङ्गले भन्नुभयो:

          "भ्रमणको अवसरमा राष्ट्राध्यक्ष हु चिन थाउले दक्षिण कोरियाका राष्ट्रपति ली म्युङ बाकसँग भेट-वार्ता गर्नुहुने छ। यसबाहेक श्री हुले दक्षिण कोरियाका सभामुख र प्रधानमन्त्री हान सेङ सुसँग पनि भेट-घाट गर्नुहुने छ। सो अवसरमा दुई पक्षले चीन र दक्षिण कोरियाबीचको सम्बन्ध र साझा अभिरुचिका अन्तर्राष्ट्रिय तथा क्षेत्रीय समस्याहरुबारे वैचारिक आदान-प्रदान गर्नुहुने छ। चीनले यस पटकको भ्रमणमार्फत दक्षिण कोरियासँग संयुक्त रुपमा प्रयास गरी चीन र दक्षिण कोरियाबीचको सम्बन्धको विकासमा जोड दिने भएको छ।"

            ताजिकिस्तान र तुर्कमनिस्तान चीनका मैत्रीपूर्ण छिमेकी हुन्। यस वर्ष चीन र ताजिकिस्तान बीचको दौत्य सम्बन्ध, चीन र तुर्कमनिस्तान बीचको दौत्य सम्बन्ध स्थापना भएको सोह्रौं वर्ष हो। चीनको परराष्ट्र मन्त्रालयका जिम्मेवार व्यक्तिले सम्वाददातासंग बोल्दै चीन र ताजिकिस्तान, ‌तुर्कमनिस्तानबीचको सम्बन्धलाई सकारात्मक रुपमा मूल्यांकन गर्नुका साथै श्री हु चिन थाउको यस पटकको भ्रमण चीन र ताजिकिस्तान बीचको सम्बन्ध, चीन र तुर्कमनिस्तान बीचको सम्बन्धलाई सुदृढ र सबल पार्न, मध्य-एशियाको सुरक्षा र स्थिरताको संरक्षण गर्न, संयुक्त विकासलाई घच्घच्याउनका लागि महत्वपूर्ण अर्थ रहेको कुरा बताउनुभयो।

             चीनका राष्ट्राध्यक्ष हु चिन थाउ 28 तारिखका दिन ताजिकिस्तान, रुस, कजाकिस्तान, किर्गिजस्तान, ऊज्बेकिस्तानका राष्ट्रानायकहरुसित ताजिकिस्तानको राजधानी दुसान्बेमा आयोजित शिखर सम्मेलनमा सहभागी हुनुहुने छ। यो सन् 2001 शांगहाई सहयोग संगठन स्थापित भएदेखि यता सदस्य मुलुकहरुका राष्ट्रानायकहरु परिषदद्बारा आयोजना हुने आठौं सम्मेलन हो।

              चीनको सामाजिक प्रतिष्ठानअन्तर्गत रुस, पूर्वी यूरोप र मध्य-एशिया अध्ययन केन्द्रका अध्ययनकर्ता डाक्टर च्याङ्ग यीले हाम्रा सम्वाददातासँग कुराकानी गर्दै भन्नुयो--दुसान्बे शिखर सम्मेलन शांगहाई सहयोग संगठन विकसित भएको पृष्ठभूमिमा आयोजना हुने कारणले गर्दा उक्त सम्मेलनमा नजर पुर्‍याइएको छ।

             "शांगहाई सहयोग संगठन मध्य-एशियामा जीवन्त शक्ति भएको र बहुपक्षीय सहयोगको परिपाटी बनेको छ। शांगहाई सहयोग संगठन हरेक वर्ष आयोजना हुने शिखर सम्मेलन छ सदस्य मुलुकबीच छलफल र व्यवहारिक सहयोग हुने महत्वपूर्ण माध्यम मात्र नभई शांगहाई सहयोग संगठनको हरेक वर्षको शिखर सम्मेलनले मध्य-एशियाको विकास स्थिति र बहुपक्षीय सहयोगको भविष्यका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको छ।"

              मंगोलिया, इरान, पाकिस्तान र भारत पर्यवेक्षक मुलुकहरु भएपछि शांगहाई सहयोग संगठनले उक्त सम्मेलनमा 《शांगहाई सहयोग संगठनको वार्ता र साझेदारी नियम》मा हस्ताक्षर गर्ने सम्भावना रहने छ। डाक्टर च्याङ्ग यीले भन्नुभयो:  

            "उक्त सम्मेलनमा 《शांगहाई सहयोग संगठनको वार्ता र साझेदारी नियम》पारित गरिने हो भने शांगहाई सहयोग संगठनको खुला सिद्धान्त विशेष गरी शांगहाई सहयोग संगठन र अरु क्षेत्रीय संगठन, अन्तर्राष्ट्रिय संगठनबीचको वार्ता र सहयोग कानुनी आधार हुने छ।"

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040