
अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले आज पैचिङ होटेलमा दिवा भोजको आयोजना गरी ओलम्पिक पदक वितरण पनि गरेको छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिअन्तर्गत राजनीतिक व्युरोका सदस्य, चिनियाँ कम्युनिष्ट पार्टीअन्तर्गत् पैचिङ शहर समितिका सचिव तथा पैचिङ ओलम्पिक खेलकुद संयोजन समितिका अध्यक्ष लिउ छिले ओलम्पिक स्वर्ण पदक प्राप्त गर्नुभएको छ।
अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष ज्याक्स रोगेले पदक वितरण समारोहलाई सम्बोधन गर्दै यस पटकको ओलम्पिक खेलकुद एउटा निकै उत्कृष्ट ओलम्पिक खेलकुद रहेको कुरा वताउनुभयो। चिनियाँ जनता तथा पैचिङ ओलम्पिक खेलकुद संयोजन समितिले ओलम्पिक खेलको विकासका लागि वरिष्ठ योगदान पुर्याएका कुरा पनि उहाँले वताउनुभयो।
प्रत्युत्तरमा श्री लिउ छिले, यस पटकको ओलम्पिक खेलकुदले चीन र विश्वको खेलकुद कार्यको विकासलाई अघि बढाउन नयाँ प्रेरणा उपलव्ध गराएको, चीन र विश्वका जनताबीचको मित्रतालाई अरु गहिरो पार्नका लागि नयाँ पुलको निर्माण गरेको, चीन र विश्वका मुलुकहरु बीचको आदान-प्रदान तथा सहयोगलाई विस्तार गर्न अरु उज्यालो भविश्यको सिर्जना गरेको कुरा बताउनुभयो।
|