
सोह्र दिनसम्म चलेको उनान्तीसौं ओलम्पिक खेलकुद हिजो बेलुकी पैचिङमा सम्पन्न भयो। विभिन्न मुलुकका संचारमाध्यम् तथा नागरिकहरुले पैचिङ ओलम्पिक खेलकुदको उच्च मूल्यांकन गर्नुका साथै पैचिङ ओलम्पिक खेलकुद सफल रहेकोमा बधाइ व्यक्त गरेका छन्।

अमेरिकी ए.पी. समाचार समितिका अनुसार, पैचिङले त्यसको सपना साकार तुल्याएर एक पटकको सफल ओलम्पिक खेलकुदको आयोजना गरेको छ। पैचिङ ओलम्पिक खेलकुदको संयोजन कार्य तथा सुरक्षाको संरक्षण कार्य पूर्ण भएको छ। उत्कृष्ट खेलकुद रंगशाला तथा उत्साहजनक स्वयंसेवकहरुले विभिन्न देशका खेलाडीहरु तथा पर्यटकहरुको मनमा राम्रो छाप पारेका छन्।
गणतन्त्र कोरिया, थाइल्याण्ड, सिंगापुर , रुस, जर्मनी, अस्ट्रिया, स्वीटरल्याण्ड, बांगलादेश, अस्ट्रेलिया, न्युजिल्याण्ड, जापान, स्विडन, प्रजातान्त्रिक जन गणतन्त्र कोरिया, टर्की, इन्डोनेशिया लगायत् मुलुकहरुका मुख्य संचार माध्यमहरुले छुट्टा -छुट्टै लेख प्रकाशित गर्दै पैचिङ ओलम्पिक खेलकुदमा सफलता प्राप्त भएकोमा त्यसको प्रशंसा गरेका छन्।

ओलम्पिक खेलकुदको विसर्जन समारोहमा पैचिङले लण्डनलाई ओलम्पिक झण्डा हस्तान्तरण गरेको छ। बेलायतका संचार माध्यमहरुले पैचिङ ओलम्पिक खेलकुदमा पूर्ण सफलता प्राप्त भएकोमा बधाइ व्यक्त गर्नुका साथै लण्डनले पैचिङबाट सिकेर लण्डन ओलम्पिक खेलकुदको तयारी गर्ने जनाएका छन्।
|