china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    पैचिङबासीहरुद्वारा ओलम्पिक खेलकुदका लागि यातायातको प्रत्याभूति सम्बन्धी कदमको समर्थन सम्बन्धी दोश्रो भाग
    (GMT+08:00) 2008-08-26 14:20:39    

          पैचिङको यातायात समितिका उप-प्रमुख चौ चंग युका अनुसार, पैचिङमा एक करोड साठी लाख स्थायी जनसंख्या छन भने मोटर-गाडीको संख्या करिब तेत्तीस लाख वटा छन। ओलम्पिक खेलकुद तथा पारा ओलम्पिक खेलकुदको अवधिमा पैचिङले सत्कार गर्ने विभिन्न मुलुकका खेलाडी, पदाधिकारी तथा चीन र विदेशका दर्शकहरुको संख्या तीस-चालीस लाख हुने छन। यातायात सम्बन्धी मांग इतिहासको सर्वोच्च स्तरमा पुग्नेछ। ओलम्पिक खेलकुदको अवधिमा यातायातको सामू देखा पर्ने दबावलाई खुकुलो पार्न पैचिङले प्रभावकारी कदम चाल्नुपर्ने छ भन्दै यो ओलम्पिक खेलकुदको आयोजक मुलुकहरुको कर्तव्य पनि हो भन्ने कुरा उहाँले वताउनुभयो।

          मुख्य आयोजक शहरका लागि ओलम्पिक खेलकुदको अवधिमा यातायातको सामू बढी दबाव देखा पर्नेछ। यातायात सम्बन्धी सेवाको मांग पनि बढ्नेछ। त्यसका अतिरिक्त, ओलम्पिक खेलकुद पैचिङ शहरका धेरै ठाउँमा परेका कारण हालको दैनिक व्यवस्थापन लागू गरिएको खण्डमा सम्बन्धित मापदण्ड पुग्ने छैन अर्थात प्रभावकारी हुनेछेन। त्यसै कारण वितेका ओलम्पिक खेलकुदहरुले यातायातलाई सिमित पार्ने कदम चालेको थियो। उदाहरणका लागि मोटर-गाडीको जोर संख्या तथा विजोर संख्या बमोजिम बाटोमा चल्ने। ती कदमहरुको प्रयोग सिउल ओलम्पिक खेलकुद तथा यथेन्स ओलम्पिक खेलकुदको अवधिमा पनि गरिएको थियो।

          यातायात विभागको अनुमान अनुसार, जोर तारिखमा जोर नम्बरको मोटर-गाडी मात्र चल्नसक्ने तथा विजोर तारिखमा विजोर नम्बरको मोटर-गाडी मात्र चल्नसक्ने कदमको प्रयोगमार्फत बाटोमा चल्ने मोटर-गाडीहरुको कूल संख्यामाट पैंतालीस प्रतिशत घट्ने छ भने मोटर-गाडीबाट निश्कासित प्रदुषित तत्व पनि घट्ने छ। वास्तवमा गत वर्षको अगष्ट महिनामा आयोजित "सौभाग्य पैचिङ" परिक्षण प्रतियोगिताको अवधिमा पैचिङले चार दिनसम्म यस्तै कदम चालेको थियो। पैचिङका बासिन्दा श्रीमति चंग चेले त्यति बेलाको अवस्था सम्झना गरेकी छिन। उनका अनुसार, मोटर-गाडीको संख्यालाई सिमिति पार्ने कदम प्रभावकारी थियो। उनले यातायात तथा वायुको गुणस्तरको सुधारले ओलम्पिक खेलकुदको मांग पूरा गर्नुका साथै पैचिङबासीहरुलाई हित पुर्‍याउने विश्वास गरेकी छिन।

          यस्तै कदम भयो भने पैचिङका लागि अवश्य नै एउटा राम्रो कुरा हो। जसले यातायातका लागि मात्र नभई वायुका लागि पनि हितकर हुनेछ।

          यातायात विभागको अनुमान अनुसार, मोटर-गाडीको संख्यालाई सिमिति पार्ने कदम चालेपछि हरेक दिन सार्वजनिक यायायातको साधनमार्फत बाहिर जाने मानिसहरुको संख्या चालीस लाख थपिने छ। त्यस समस्याको समाधानका लागि पैचिडले सार्वजनिक बस तथा भूमिगत रेलको संचालन समयलाई लम्ब्याउन समेत कदम चाल्नेछ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040