चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता छिन काङ्गले आज पैचिङ्गमा बोल्दै पैचिङ्ग ओलम्पिक खेलकुद प्रतियोगिताको सफलताबाट चीन र विश्वका विभिन्न मुलुकबीचको पारस्परिक समझदारी र मित्रतामा वृद्धि भएको र विश्वका विभिन्न मुलुकलाई अझ बढी र चौतर्फी रुपमा चीनलाई चिन्न र जानकारी लिन सरल भएको कुरा बताउनुभएको छ।
उहाँका अनुसार चीन अझै पनि विकासोन्मुख तथा ठूलो मुलुक हो। विश्वका विभिन्न मुलुकका जनतासंग मिलेर विश्वमा शान्ति, स्थिरता, साझा विकास र समृद्धिका लागि आफ्नो योगदान दिन चीन इच्छुक छ।
|