चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता छिन काङ्गले आज पैचिङ्गमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै वर्तमान कोरियाली प्रायःव्दीप आणविक समस्यासम्बन्धी छ पक्षीय वार्ताका सामु निकै महत्वपूर्ण सुअवसर परिरहेकोले सम्बन्धित विभिन्न पक्षहरुले आ-आफ्नो वचनबद्धतालाई कायम राख्नु पर्छ भनी बताउनुभएको छ।
प्राप्त समाचारअनुसार प्रजातान्त्रिक जन गणतन्त्र कोरियाका परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति सार्वजनिक गरी अमेरिकाले उत्तर कोरियालाई आतंककारीको नामावलीबाट नहटाएकोले उत्तर कोरियाले अगष्ट महिनाको चौध तारिखदेखि आणविक प्रबन्ध क्षमता बन्द गर्ने प्रक्रिया रोक्ने र आणविक प्रबन्धको पुनर्निर्माण गर्नसक्ने छ।
पत्रकारद्वारा सोधिएको एक प्रश्नको जवाफ दिंदै उहाँले छ पक्षीय वार्ताले केही समयअघि केही सकारात्मक प्रगति हासिल गरेको कुरा पनि प्रस्ट पार्नुभयो।
|