चीनका उप-प्रधानमन्त्री ह्वै ल्यांग युले आज चीनको उत्तर-पूर्वी भागमा पर्ने चि लिन प्रान्तको छांग छुन शहरमा बोल्दै वर्तमान अन्तर्राष्ट्रिय तथा स्वदेशी परिस्थितिमा कृषि तथा अन्नबालीको उत्पादन कार्य राम्रोसँग गर्नु निकै अर्थपूर्ण रहेको कुरा वताउनुभयो।
सातौं छांग छुन अन्तर्राष्ट्रिय कृषि तथा खाद्य पदार्थ एक्सपो आज छांग छुन शहरमा शुरु भयो। उप-प्रधानमन्त्री ह्वै ल्यांग युले अन्तर्राष्ट्रिय कृषि तथा खाद्यपदार्थ एक्सपोको निरीक्षण गर्दा उक्त कुरा वताउनुभएको हो। उहाँका अनुसार, चीनको बर्खे बालीको उत्पादन वितेका पाँच वर्षदेखि निरन्तर रुपमा बढेको र तथा ग्रामीण क्षेत्रको कृषि उत्पादन स्थिर तथा तिब्र रहेको छ।
यस पटकको अन्तर्राष्ट्रिय कृषि तथा खाद्य पदार्थ एक्सपोले "विज्ञान, प्रबिधि तथा हरित, आदान-प्रदान तथा विकास"लाई मुख्य विषय राखेर वितेका केही वर्षदेखि आधुनिक कृषिबाली, पशुपालन, कृषियन्त्रहरु तथा ग्रामीण क्षेत्रमा प्राप्त नयाँ उपलव्धी तथा प्रगतिलाई केन्द्रीत रुपमा प्रदर्शन गर्नेछ।
|