china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीन नेपालका लागि भरपर्दो र अशल छिमेकी राष्ट रहेको कुरा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताउनुभएको छ
    (GMT+08:00) 2008-08-28 21:04:32    

          6 दिने चीन भ्रमण सिध्याएर नेपाल आइपुग्नु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँमा आज पत्रकारहरुसँग कुरा गर्दै सो धारणा व्यक्त गर्नु भएको हो ।

          प्रधानमन्त्री प्रचण्डले आफ्‍नो चीन भ्रमण पुर्ण सफल रहेको बताउँदै यो भ्रमणले दुरगामी असर छोड्‍ने दाबी गर्नुभयो । आफुले चीन भ्रमणमा चिनियाँ प्रधानमन्त्री तथा चिनियाँ राष्ट्रपतिसँग दुई देशबीचको पारस्पारिक सहयोगलाई बढाउन आग्रह गरेको बताउँदै प्रधानमन्त्री प्रचण्डले भन्नुभयोः नेपालको विकास निर्माण तथा प्राकृतिक प्रकोपका बेला चीनले नेपाललाई गर्ने सहयोगमा अब अझै वृद्धि हुनेछ । कोशी नदीको तटबन्द फुटेर भएको धनजनको क्षतिप्रति चीनले आफुलाई दु:ख व्यक्त गर्दै सहयोग गर्ने वचन दिएकोमा उहाँले चीनलाई धन्यवाद पनि दिनुभयो।

          29 औँ गृष्मकालीन ओलम्पिक खेलकुद प्रतियोगिताको समापन समारोहमा भाग लिएर स्वदेश फर्कनु भएका प्रधानमन्त्री प्रचण्डले चीनले सफलतापुर्वक ओलम्पिक खेलकुद सम्पन्न गरेको र यसले विश्वमा चीनको गरिमा अझै बढेको पनि बताउनुभयो ।

          नेपालले परम्परादेखि नै एक चीनको नीति लिएको तथा सगरमाथाको चुचुरोमा ओलम्पिक ज्योति पुर्‍यााउनमा महत्वपुर्ण भुमिका निर्वाह गरेकोमा चीन नेपालप्रति बढी आभारी गरेको आफुले पाएको पनि उहाँले बताउनुभयो । पत्रकारहरुले सोधेका प्रश्नको उत्तर दिँदै प्रधानमन्त्री प्रचण्डले आफ्‍नो भ्रमण राजनीतिकभन्दा विषयगत भएको पनि जानकारी गराउनु भयो ।

          नेपालको परराष्ट नीति चीन तथा भारतलाई उत्तिकै मार्यादित र नजिक ठान्ने गरेको बताउँदै उहाँले कुटनीतिक सन्तुलन राख्ने कुरामा आफु अत्यन्त सचेत भएको बताउनुभयो । आफुले चिनियाँ राष्ट्रपति हु चिन थाउ तथा प्रधानमन्त्री वान च्या पाओलाई नेपाल भ्रमणको निम्तो दिएको उहाँहरुले उपयुक्त समयमा नेपालको भ्रमण गर्ने बताउनुभयो ।

          चेतनाथ आचार्य

          सि.आर.आई.

          काठमाडौँ

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040