चीनका परराष्ट्र मन्त्रालयका प्रवक्ता छिन काङ्गले आज पत्रकार सम्मेलनमा बोल्दै कोरियाली प्रायःद्बीपको आणविक समस्यासम्बन्धी छ-पक्षीय वार्ताको प्रक्रियाको सामु प्रगति हासिल गर्ने मौका हुनुका साथै कही कठिनाइको सामना गर्नुपर्ने कुरा व्यक्त गर्नुभएको छ। सम्बन्धित पक्षहरुले संयमलाई कायम राखेर बुद्धिको प्रयोग गरी लचिलोपन देखाएर समस्याको समाधान सक्दो छिटो गर्नका लागि प्रयस गर्ने आशा चीनले लिएको छ।
उत्तर कोरियाली विदेश मन्त्रालयका प्रवक्ताले अस्ति युङ्ग प्युन क्षेत्रस्थित आणविक प्रबन्धको क्षमतालाई निष्कृय पार्ने कार्य रोक्नुका साथै सम्बन्धित विभागको आग्रहबमोजिम उक्त क्षेत्रको आणविक प्रबन्धलाई पुनः कायम गराउने विचार गर्दैभएको कुरा व्यक्त गर्नुभएको थियो।
श्री छिन काङ्गका अनुसार, छ-पक्षीय वार्ताको अध्यक्ष मुलुकको हैसियत भएको चीनले सम्बन्धित पक्षसँग सक्रिय रुपमा वैचारिक आदान-प्रदान गरेर छ-पक्षीय वार्ताको प्रक्रियालाई अघि बढाउनका लागि सधैं र निरन्तर रुपमा रचनात्मक भूमिका खेल्दैजाने छ। निकट केही समयमै छ पक्षले द्बिपक्षीय तथा बहुपक्षीय उपायमार्फत् साझा अभिरुचि मामिलाबारे घनिष्ट रुपमा वैचारिक आदान-प्रदान गर्दैआएको छ। सम्बन्धित कार्य जारी रहंदै आएको छ।
|