
चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता छिन काङ्गले आज अठ्ठाईस तारिखका दिन पैचिङ्गमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै नाइलु र गाम्बिया आदि मुलुकहरुले तथाकथित थाइवानलाई संयुक्त राष्ट्र संघका विशेष अंगहरुका कार्यक्रममा सहभागी गराउने प्रस्ताव राखेकोमा यसबाट चीनको सार्वभौमिकता र अखण्डतामाथिको आक्रमण र चीनको आन्तरिक मामिलामाथि हस्तक्षेप भएको कुरा बताउनुभएको छ।
पत्रकारबाट सोधिएको एक प्रश्नको जवाफ दिंदै श्री छिनले संयुक्त राष्ट्र संघ तथा त्यसका विशेष अंगहरु सार्वभौम मुलुकहरुबाट गठन भएका सरकारबीचका अन्तर्राष्ट्रिय संगठन रहेका साथै विश्वमा एक मात्र चीन भएको र थाइवान चीनको एक भाग भएको कुरा स्पस्ट हुनाले चीन सरकार र जनताले त्यसको दृढतासाथ विरोध गर्दै आएका छन् भन्नुभयो।
|