china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    नेपालका लागि चिनियाँ राजदूत चङ्ग सियाङलिनले नेपालका परराष्ट्रमन्त्री उपेन्द्र यादवसँग भेट गर्नुभएको छ
    (GMT+08:00) 2008-08-29 19:22:16    

            नेपालका लागि चिनियाँ राजदूत चङ्ग सियाङलिनले परराष्ट्रमन्त्री उपेन्द्र यादवसँग भेट गर्नुभएको छ । चिनियाँ दूताबासले सि.आर.आई.लाई बताए अनुसार चिनियाँ विदेश मन्त्रीको शुभकामना सन्देश हस्तान्तरण गर्ने क्रममा राजदूत सियाङलिनले मन्त्री यादवलाई भेट गर्नु भएको हो ।

            भेटघाटमा मन्त्री यादव र राजदूत सियाङलिनबीचमा परस्पर सहयोगका बारेमा पनि छलफल भएको दूताबासका प्रेस तथा राजनीतिक विभागका प्रमुख वाङ्गले बताउनुभयो । नेपालको बदलिँदो राजनीतिक परिवेशमा चिनियाँ राजदूतले परराष्ट्रमन्त्री यादवलाई चिनियाँ विदेश मन्त्रीको सन्देश सुनाउँदै बधाई दिनुभयो ।

             चिनियाँ राजदूत सियाङलिनले परराष्ट्रमन्त्री यादवको कार्यकालमा नेपाल र चीनबीचको सम्बन्ध थप उचाइमा पुग्ने विश्वास पनि भेटमा व्यक्त गर्नुभयो । 29 औं गृष्मकालीन ओलम्पिकको सफलताका लागि नेपालले देखाएको सदासयता र सहयोगका लागि धन्यवाद व्यक्त गर्दै नेपालको पूर्वी क्षेत्रमा भएको बाडीको समस्याप्रति चीनले गम्भीर दु:ख प्रकट गरेको र सहयोग गर्ने दोहोर्याउनुभयो । चिनियाँ राजदूत सियाङलिनले परराष्ट्रमन्त्री यादवलाई चिनियाँ विदेश मन्त्रीले चीनको भ्रमण गर्न दिनु भएको निमन्त्रणापत्र पनि दिनुभयो ।

              भेटघाटमा परराष्ट्रमन्त्री यादवले नेपाल सधैँ एक चीनको नीतिमा अडिग गरहेको दोहोर्याउनुभयो । नेपालको विकास निर्माणमा चीनले गरेको सहयोग अद्वीतीय रहेको भन्दै परराष्ट्रमन्त्री यादवले नेपालले संवृद्धशाली चीनको कल्पना गरेको बताउनुभयो । नेपाल र चीनबीचमा परम्परादेखि नै अति घनिष्ट सम्बन्ध रहँदै आएको कुरा स्मरण गराउँदै मन्त्री यादवले आफूलाई चीन भ्रमणको निमन्त्रणा प्राप्त भएकोमा चिनियाँ राजदूतमाफत चिनियाँ विदेश मन्त्रीलाई हार्दिक धन्यवाद पनि दिनुभयो । साथै उहाँले उपयुक्त समयमा चीनको भ्रमण गर्ने पनि बताउनुभयो ।

               चेतनाथ आचार्य

               सि.आर.आई.

               काठमाडौँ

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040