
आज अर्थात तीस तारिखका दिन पैचिङ्ग पारा ओलम्पिकको पवित्र ज्योति रिले कार्यक्रम चीनको क्वाङ तुङ प्रान्तीय शन चन शहर तथा भित्री मंगोलियाको सदरमुकाम हौहटमा आयोजित भएको छ।

चीनको दक्षिणी भागमा पर्ने आर्थिक विशेष क्षेत्र शन चन शहरमा आयोजित पारा ओलम्पिकको पवित्र ज्योति रिले कार्यक्रमले तीन किलोमिटर दूरी पार गरेको र जम्मा सत्तरी जना ज्योतिवाहकहरुले भाग लिएका थिए। ज्योतिबाहकहरुमध्ये शारिरिक कमजोर भएकाको दर बीस प्रतिशत पुगेको छ।

हौहटमा आयोजित रिले कार्यक्रममा सत्तरी जना ज्योतिवाहकले तीन दशमलब एक किलोमिटर दूरी पार गरेका थिए।

भोली अर्थात अगष्ट एक्कतीस तारिखका दिन पारा ओलम्पिकको पवित्र ज्योति रिले कार्यक्रम हु पै प्रान्तीय उ हान शहर तथा हु नान प्रान्तीय छाड शा शहरमा आयोजना हुने भएको छ।
|