
आज स व्छान् प्रान्तको मिआन् यांग शहरको छांग होंग तालिम-केन्द्रमा अवस्थित पै व्छान् माध्यमिक विद्यालयको नयां शैक्षिक सत्रको सुरुवात समारोहमा उपस्थित भएर चीनका प्रधानमन्त्री वन् च्या पाउले त्यहांका शिक्षक-शिक्षिका र विद्यार्थीहरुसित पनि भेट्नुभएको छ ।
यसभन्दा अघि मे बाह्र तारीखका दिन वन् व्छान् भूइचालो गएको दोस्रो दिन र मे बाइस र तेइस तारीखका दिन प्रधानमन्त्री वन् च्या पाउले तीन पल्ट पै व्छान् माध्यमिक विद्यालयका शिक्षक-शिक्षिका र विद्यार्थीहरुसित भेट्नुभएको थियो ।

उक्त भेटघाटको अवसरमा व्हिल चेअरमा बसेका अपांग विद्यार्थीहरुसित हात मिलाएर प्रधानमन्त्री वन् च्या पाउले सविस्तार रुपमा विद्यार्थीहरुको जीवन र अध्ययनबारे जानकारी लिनुभयो ।
|