
उनान्तीसौं ग्रीष्मकालीन् ओलम्पिक खेलकुद सफलताका साथ सम्पन्न भई अब तेह्रौं ग्रीष्मकालीन् पारा ओलम्पिक खेलकुद भव्यका साथ शुरु हुने भएको छ। पैचिङ पारा ओलम्पिक खेलकुदको आयोजना यस वर्षको सेप्टेम्बर छ तारिखदेखि सत्र तारिखसम्म हुनेछ। पैचिङ ओलम्पिक खेलकुद संयोजन समितिका पदाधिकारीले हिजो पैचिडमा हालसम्म पैचिङ पारा ओलम्पिक खेलकुदको तयारी कार्य पूरा भइसकेको छ भन्दै पारा ओलम्पिक खेलकुद पनि ओलम्पिक खेलकुद जस्तै रोचक हुने प्रत्याभूति दिने प्रयास चीनले गर्ने कुरा वताउनुभयो।
2008 पैचिङ अन्तर्राष्ट्रिय प्रेस केन्द्रमा आयोजित पत्रकार सम्मेलनमा पैचिङ ओलम्पिक खेलकुद संयोजन समितिअन्तर्गत पारा ओलम्पिक विभागका प्रमुख चांग छ्यु फिंगका अनुसार, उनान्तीसौं ग्रीष्मकालीन् ओलम्पिक खेलकुद सफलताका साथ सम्पन्न भएपछि पैचिङले आजदेखि ओलम्पिक खेलकुदबाट पारा ओलम्पिक खेलकुदतर्फ परिवर्तनको अवधिमा प्रवेश गर्न थालेको छ। पारा ओलम्पिक खेलकुदको आयोजनाअघिका बाह्र दिनभित्र पैचिङले निम्न दुई वटा मुख्य कार्य गर्नेछ।

एउटा कार्य भनेको पैचिङ ओलम्पिक खेलकुद संयोजन समितिको व्यवस्थापनमा रहेका केही रंगशालाहरुको परिवर्तन हो। अर्को कार्य भनेको शहर चल्ने अवस्था हो।
विभिन्न संयोजन कार्यहरुमध्ये पारा ओलम्पिक खेलकुदका रंगशालालाई अवरोधमुक्त गर्ने परिवर्तनलाई बाहिरी क्षेत्रले सबैभन्दा बढी ध्यानाकर्षण गरेको छ। पैचिङ ओलम्पिक खेलकुद संयोजन समितिका कार्यकारी उपाध्यक्ष श्रीमती थांग श्याउ छ्वेनका जानकारी अनुसार, हाल पारा ओलम्पिक खेलकुदका रंगशालाहरुको सम्बन्धित तयारी कार्य धुमधामसँग चलिरहेको छ।
हाल पारा ओलम्पिक खेलकुदका रंगशालाहरुमा रहेका अवरोधमुक्त प्रबन्धहरु चीनको सम्बन्धित मापदण्डअनुकुल रहेका छन्। राष्ट्रिय रंगशालालगायत पाँचवटा रंगशालाको गुणस्तर अन्तर्राष्ट्रिय मापदण्डमा पुगेका छन्। हालसम्म पारा ओलम्पिक खेलकुदसम्बन्धी रंगशालाहरुमा पारा ओलम्पिक खेलकुदका प्रतियोगिताहरुअघि पूर्वाभ्यास भइसकेको छ।

थाहा भए अनुसार, पैचिङ पारा ओलम्पिक खेलकुद प्रतियोगिताका लागि बीसवटा रंगशाला तथा तालिमका लागि छ वटा रंगशाला छन्। जसले ग्रीष्मकालीन् ओलम्पिक खेलकुदका रंगशालाहरुको प्रयोग गरेको छ। त्यस अतिरिक्त, पारा ओलम्पिक खेलकुदका लागि चिकित्सा-सेवा उपलव्ध गराउने अस्पतालहरुको संख्या बाइस छन् भने होटेलहरुको संख्या सोह्र छन्। ती अस्पताल तथा होटेलहरुलाई पारा ओलम्पिक खेलकुदको माग बमोजिम अवरोधमुक्त रुपमा सुधार गरिएको छ।
|