china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    अन्तर्राष्ट्रिय समाजद्बारा पैचिङ्ग ओलम्पिकको उच्च मूल्याङ्कन्
    (GMT+08:00) 2008-09-02 17:55:11    

             विश्वलाई आकर्षित गरेको पैचिङ्ग ओलम्पिक 2008 सफलताका साथ सम्पन्न भएको छ। यस पटकको ओलम्पिकमा परिपूर्ण संगठित कार्य, सहयोगी स्वयमसेवक, पैचिङ्गबासीको सत्कार , सुन्दर रङ्गशाला एवम् उद्धाटन तथा समापन समारोहले विश्वमाथि गहिरो छाप पारेका छन्। पैचिङ्गले आफ्नो वचनवद्धतालाई साकार तुल्याउनुका साथै ओलम्पिकको सयौं वर्षको इतिहासमा एउटा अतुलनीय ओलम्पिक आयोजना गरेकोले अन्तर्राष्ट्रिय समाजबाट प्रशंसा प्राप्त गरेको छ। अब सुनौं, हाम्रो रेडियोका सम्बादादताले पठाउनुभएको सम्बन्धित विस्तृत विवरणः

            "यो साँच्चीकै अतुलनीय र अपवादको ओलम्पिक खेलकुद हो।"

               यो अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष ज्याक रोगेले पैचिङ्ग ओलम्पिकको समापन समारोहमा गर्नुभएको मूल्याङ्कन हो। बेलायतको राजधानी लण्डन अर्को ओलम्पिक खेलकुदको संयोजक शहर हो। धेरै बेलायती संचारमाध्यमले पैचिङ्ग ओलम्पिकका धेरै विषय लण्डनका लागि सिक्न लायक भएको ठहर व्यक्त गरेका छन्। बेलायतस्थित हाम्रो रेडियोका सम्बाददाता ली नीङ चीङले सम्बन्धित विवरणमा यसरी जानकारी दिनुभएको छः

             "पैचिङ्ग ओलम्पिक खेलकुदलाई बेलायती संचारमाध्यमले खूब नजर पुर्‍याएका छन्। बी.बी.सी. एक तथा बेलायत यूरोप खेलकुद स्टेशनले पैचिङ्ग ओलम्पिकको उद्धाटन तथा समापन समारोहलाई प्रसारण गरे। यी दुइवटा स्टेशनका टीप्पणीकारले इतिहासमा सबभन्दा सफल ओलम्पिकको आयोजना गरेकोमा चीनलाई गौरव लाग्नुपर्छ भन्ने ठहर व्यक्त गरेका छन्। बेलायत यूरोप खेलकुद स्टेशनका संचालकले सन् 2012 लण्डन ओलम्पिक शुरु हुन बाँकी रहेका दिनको गन्न थालिएको छ र लण्डन ओलम्पिक संयोजन समितिले पैचिङ्गसित धेरै कुरा सिक्नुपर्छ भन्ने विचार पनि व्यक्त गरेका छन्।"

                  दुइ वर्षपछि 2010 फुटबल वर्ड कप दक्षिण अफ्रिकामा आयोजना हुने भएको छ। अफ्रिकी संचारमाध्यमले पैचिङ्ग ओलम्पिकको अनुभव सिक्न आह्वान गरेका छन्। अफ्रिकास्थित हाम्रा सम्बाददाता चङ लैले पठाउनुभएको सम्बन्धित विवरण सुन्नुहोसः

                "दक्षिण अफ्रीकाको 'दीए बर्गर'मा चिनियाँहरुको क्षमतालाई पूर्ण रुपमा देखाइएको छ र धेरै क्षेत्रमा दक्षिण अफ्रिकाको वर्ल्ड कपको तयारीका लागि सान्दर्भिक भएको बताइएको छ। इजिप्टको अल आह्राम समाचारपत्रमा प्रकाशित एउटा लेखमा पैचिङ्ग ओलम्पिक शान्ति तथा मानवताले भरिएको प्रतियोगिता हो र अन्तर्राष्ट्रिय क्षेत्रमा चीनको स्थान उच्च रुपमा देखाइएको कुरा जनाइएको छ। केन्याको द स्टान्डर समाचारपत्रले चिनियाँहरुले परिपूर्ण संगठित कार्य गरेकोले एउटा स्वर्णपदक प्राप्त गर्नुपर्ने ठहर व्यक्त गरेकोछ।"

                 पैचिङ्ग ओलम्पिक सम्पन्न भएपछि अमेरिकाका समाचारपत्रहरुका प्रथम पृष्ठमा पैचिङ्ग ओलम्पिकको उच्च मूल्याङ्कन गरेको देखिन्छ। लस एन्जलस टाइम्समा बिदा गर्न गाह्रो शीर्षकको लेख प्रकाशित गर्दै अमेरिकी पत्रकारहरुले पैचिङ्गबाट प्रस्थान गर्नुअघि व्यक्त गरेका भावना उल्लेख गरिएको छ। उक्त लेखमा पत्रकारहरुले एउटै संसार एउटै सपनाको सम्झना लिएर गएको कुरा जनाइएको छ।

                 अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष ज्याक रोगेले पैचिङ्ग ओलम्पिकबाट राखिएको सबभन्दा महत्वपूर्ण सम्पदा यस ओलम्पिकमार्फत् चीनमा विश्वले ध्यान पुर्‍याइएको छ भने विश्वले चीन सम्बन्धी विषयबारे अझबढी जानकारी लिएको छ भन्नुभएको छ।

                   पैचिङ्ग ओलम्पिक सफलताका साथ सम्पन्न भएको बेला चीनको शान्तिपूर्ण विकासमा प्राप्त उपलब्धिहरु, चीनले ओलम्पिकका लागि गरेको प्रयासले चीनमा आएका विभिन्न मुलुकका खेलाडीहरु तथा पत्रकारहरुबाट स्विकृति पाएको साथै विश्वका विभिन्न मुलुकका मानिसहरुबाट प्रशंसा पनि पाएको छ। पक्षपातपूर्ण विचार विलिन हुँदैछ र विश्वले अझ निष्पक्ष रुपमा चीनबारे ब्याख्या गरिरहेको छ। यसबारे चर्चा गर्दै अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका सदस्य ह चन ल्याङले यसरी भन्नुभयोः

               "मानिसहरु चीनमा आएर हेरेपछि विश्व तथा चीन बीचको समझदारी पनि गहन गएको छ। यस आधारमा आपसी सम्मान तथा विश्वासलाई बढाउन सकिन्छ। श्री ज्याक रोगेले भन्नुभए जस्तै पैचिङ्ग ओलम्पिक चीनको विकासका लागि मात्र नभइ ओलम्पिक खेलकुदका लागि पनि एउटा कोसेढुँगा हो। यो चीन तथा विश्व बीचको आदान-प्रदानको इतिहासमा एउटा मह्तवपूर्ण कोसे ढुँगा भन्ने मेरो विश्वास छ।"

                 पैचिङ्ग ओलम्पिक सम्पन्न भएको छ र आयोजना हुनलागेको प्यारा ओलम्पिकमा हामी मित्रता तथा बुझाइबाट ल्याइएको सुन्दरताको अनुभव गर्दै जाने छौं। किनकि हामी संधै नै चिनका मित्र हौं।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040