
पैचिङ्ग पारा ओलम्पिक खेलकुदको ज्योति रिले कार्यक्रम आज अघिपछि गरी चीनको नान चिँग र छिँग ताउ शहरमा गरियो।

नान चिँग शहरमा नौजना अपाङ्गलगायत् साठी जना ज्योतिवाहक प्रतिनिधिहरुले तीन किलोमिटर दूरीमा ज्योति घुमाउनुभएको छ।
छिँग ताउ शहरमा बीस प्रतिशतभन्दा बढी अपाङ्गलगायत् सत्तरी जना ज्योतिवाहक प्रतिनिधिहरुले एक किलोमिटरको सामुद्रिक दूरीलगायत् 4.25 किलोमिटरको दूरीमा ज्योति घुमाउनुभएको छ।

भोलि तीन तारिखमा उक्त ज्योति रिले कार्यक्रम ता ल्यान शहरमा आयोजना गरिने भएको पनि समाचारमा जनाइएको छ।
|