china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    पैचिङ्गमा विकलाङ्गसम्बन्धी कार्यको प्रवर्द्धन
    (GMT+08:00) 2008-09-03 18:12:43    
               गत केही वर्षयता पैचिङ्गमा विकलाङ्गसम्बन्धी कार्यको विकासमा ठूलो प्रगति हासिल भएको देखिन्छ। पैचिङ्गको विकलाङ्ग संघका जिम्मेवार व्यक्ति श्रीमती चाउ छुन ल्वानले आगामी केही समयमा पैचिङ्गमा विकलाङ्ग सम्बन्धी कार्य अविच्छिन्न रुपमा विकसित हुँदै जाने कुरा औंल्याउनुभएको छ।

               पैचिङ्गमा विकलाङ्गहरुको संख्या झण्डै एक लाख पुगेको छ। जुन संख्या पैचिङ्गका कूल जनसंख्याको छ प्रतिशत रहेको छ। सो समूहमा कोही दृष्टिबिहीन छन् त कोहीले बहिरा, कुनैलाई हिंड्नमा समस्या छ त कुनै सुस्त मनस्थितिका छन्। तिनीहरुका लागि अरुको सहयोग निकै महत्वपूर्ण हुन्छ।

              पैचिङ्गको विकलाङ्ग संघका जिम्मेवार व्यक्ति श्रीमती चाउ छुन ल्वानले आज दिनुभएको जानकारीअनुसार गत केही वर्षदेखि यता चीनका विभिन्न तहका सरकारले विकलाङ्गहरुको जीवनलाई सुधार गरी तिनीहरुको हक-अधिकारको संरक्षण गर्नका लागि धेरै रकम पठाउनुका साथै अनेकन नीतिको पनि कार्यान्वयन गरेका छन्। यसबाट चीनमा विकलाङ्गसम्बन्धी समस्याको समाधान कार्यमा ठूलो प्रगति हासिल गरिएको छ। पैचिङ्गमा विकलाङ्गसम्बन्धी कार्यमा प्राप्त प्रगतिबारे चर्चा गर्दै पेचिङ्गको विकलाङ्ग संघका जिम्मेवार व्यक्ति श्रीमती चाउ छुन ल्वानले भन्नुभयोः

              "यसमा सामाजिक सुनिश्चिततासम्बन्धी नीति, विकलाङ्गको रोजगारीको प्रवर्द्धनसम्बन्धी नीति र सामाजिक जीवनमा विकलाङ्गको समान सहभागितासम्बन्धी नीति समावेश छन्।"

              श्रीमती चाउ छुन ल्वानले भन्नु भएजस्तै विकलाङ्गलाई सहायता दिने यी नीतिबाट तिनीहरुको जीवनका विभिन्न क्षेत्रमा सुविधा दिइएको छ। उदाहरणका लागि विकलाङ्गलाई बाहिर निस्कंदा सुविधा दिने उद्देश्यले पैचिङ्ग शहरले निर्बाध प्रबन्धको निर्माण तथा व्यवस्थापन नियम तर्जुमा गरी विकलाङ्गले बाहिर जाने अधिकारको कानुनबमोजिम संरक्षण गरेको छ। यसअतिरिक्त पैचिङ्ग शहरमा नवनिर्मित राजमार्ग तथा सार्वजनिक प्रबन्धमा पनि निर्बाध प्रबन्धको निर्माण गरिएको छ। पारा ओलम्पिक खेलकुद नजिकिंदै आइरहेको परिप्रेक्ष्यमा पैचिङ्गले निर्बाध प्रबन्धको निर्माणलाई पनि छिटो पारेको छ। यसबारे जानकारी दिंदै पैचिङ्गको विकलाङ्ग संघका जिम्मेवार व्यक्ति श्रीमती चाउ छुन ल्वानले भन्नुभयोः

              "निर्बाध यातायातमा पैचिङ्गले दुई हजार आठ सय पैंत्तीसवटा निर्बाध सार्वजनिक बस पठाएको छ। यसका साथै एकै साथमा छवटा ह्वील चेयर बोक्न सकिने सार्वजनिक बस पनि पारा ओलम्पिक खेलकुदका अवधिमा सञ्चालन गरिने छन्। पैचिङ्गमा दुईवटा द्रूत सार्वजनिक बसको लाइनमा निर्बाध प्रबन्धको निर्माण गरिएको छ।"

              शारीरिक विकलाङ्गलाई भूमिगत रेल चढ्न सुविधा दिनका लागि पैचिङ्गमा विभिन्न भूमिगत रेल स्टेशनमा लिफ्ट खडा गरिएको छ भने ह्वील चेयरको प्रयोग गर्नुपर्ने विकलाङ्गलाई सुविधा दिने निर्बाध ट्याक्सी टोली पनि पैचिङ्गमा गठन गरिएको छ।

              हाल पचिङ्गमा विकलाङ्गका जम्मा एक सय पचासवटा आरामदायी आबास क्षेत्र छन्। यसमा विकलाङ्गले स्वस्थोपचार, रोजगारीसम्बन्धी तालिम र अन्य विभिन्न किसिमका सांस्कृतिक तथा खेलकुद कार्यक्रममा भाग लिन पाउँछन्। यसबाट तिनीहरुले आफ्नो हक-अधिकारको संरक्षण गर्ने अभाव राम्ररी पूरा गरिएको छ। यसबारे चर्चा गर्दै पैचिङ्गको विकलाङ्ग संघका जिम्मेवार व्यक्ति श्रीमती चाउ छुन ल्वानले भन्नुभयोः

               "दृष्टिविहीन मानिसले ती आनन्ददायी आबास क्षेत्रमा सम्बन्धित क्षमताबारे सिक्न पाउँछन्। कुनै दृष्टिबिहीन मानिसले आनन्ददायी आबास क्षेत्रमा वेभसाइट खोलेका छन्। विकलाङ्गहरुले यहाँ टेबल-टेनिस खेल्न पनि पाउँछन्। विकलाङ्गलाई मानसिक स्वस्थोपचार गर्ने चिकित्सकले ती आनन्ददायी आबास क्षेत्रमा विकलाङ्गलाई आफूसामु देखा परेको कठिनाइको सामना गर्न पनि ठूलो सहयोग गर्ने गरेका छन्।"

                 श्रीमती छन् स्याउ चिंगको बालकको बुद्धिमा केही समस्या छ। उहाँका बालकले हरेक दिन आनन्ददायी आबास क्षेत्रमा स्वस्थोपचार लिएपछि केही प्रगति हासिल गरिसकेको छ। यसबारे चर्चा गर्दै श्रीमती छन् स्याउ चिंगले भन्नुभयोः

                  "यहाँका गुरुले तिनीहरुले गणना गर्ने, लुगा धुने, भात पकाउने र अन्य केही बिषयबारे सिक्ने गरेका छन्। यसका अतिरिक्त तिनीहरुले केही सजिलो काम पनि सिक्ने गरेका छन्। यसबाट तिनीहरुले पछि केही सजिलो काम गरेर आम्दानी गर्न सक्छन्। यी कुराबारे हामीले पहिले त सोचेका पनि थिएनौं।"

                  पैचिङ्गको विकलाङ्ग संघका जिम्मेवार व्यक्ति श्रीमती चाउ छु ल्वानका अनुसार हाल यी एक सय पचासवटा आरामदायी आबास क्षेत्रका तालिमका नमुना मात्र हुन्। यसको निर्माण अझ सक्रियताका साथ गरिने भएको छ। आगामी दिनहरुमा यी आनन्ददायी आबास क्षेत्रको संख्या निरन्तर रुपमा बढ्नुका साथै त्यसको सेवाको स्तर पनि अविच्छिन्न रुपमा विकास हुने भएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040