china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनको ल्याउ निंग प्रान्तको ता लेन्‌मा पैचिंग प्यारालिम्पिक खेलकुदको ज्योति रिले कार्यक्रम सम्पन्न
    (GMT+08:00) 2008-09-03 13:40:22    

             ल्याउ निंग प्रान्तको ता लेन्‌मा आयोजित पैचिंग दुइ हजार आठ प्यारा ओलम्पिक खेलकुदको ज्योति रिले कार्यक्रम आज बिहान सम्पन्न भएको छ ।

            ता लेन्‌का ज्योति रिले कार्यक्रम आज बिहान नौ बजेर तीस मिनेटदेखि सुरु भएको थियो । सो ज्योति रिले कार्यक्रम सिन् हाइ चोकबाट सुरु भएपछि दक्षिण भागको समुद्रतटवर्ती बाटो भएर दश बजेर बीस मिनेटजाँदा अन्तिम विन्दु बनजंगल पार्कमा सम्पन्न भएको छ । सो तीन दशम्लब आठ किलोमिटर लामो रिले कार्यक्रममा कूल सत्तरी ज्योतिवाहकहरु सहभागी भएका छन् र ती सत्तरी ज्योतिवाहकहरुमध्ये चौधजना अपांग ज्योतिवाहकहरु छन् ।

               यस पल्टको प्याराओलम्पिक खेलकुदको ज्योति रिले कार्यक्रम "चीनको सभ्यता "  र "युगको फेशन"नामक दुइटा लाइनमा भएर आयोजित भएको छ । सो कार्यक्रम अगष्ट उन्नतीस तारीखदेखि चीनका एघारवटा शहरहरुमा आयोजना भएको हो । हालसम्म सो ज्योति रिले कार्यक्रम सि आन् , हु ह हाउ थ , शन् चन् , छांग शा , उ हान् , शांग हाइ , नान् चिंग र छिंग ताउ आदि शहरहरुमा सम्पन्न भएको छ ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040