china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    पारा खेलाडीहरु पैचिङ्ग पारा ओलम्पिक खेलकुदको प्रतीक्षामा
    (GMT+08:00) 2008-09-04 17:00:14    

             तेह्रौं ग्रीष्मकालीन् पारा ओलम्पिक खेलकुद यसै महिनाको छ तारिखका दिन पैचिङ्गमा शुरु हुंदैछ। हाल पारा ओलम्पिक खेलकुदका विभिन्न किसिमका तैयारी कार्य पूरा भैसकेका छन्। विश्वका उच्चस्तरीय रङ्गशाला, सेवा तथा गहिरो सांस्कृतिक वातावरण भएकाले पैचिङ्गमा भेला हुने विभिन्न मुलुकका पारा खेलाडीहरु त्यसको प्रतीक्षामा रहिरहेका छन्।

              श्रोताहरु, अहिले तपाईंहरुले सुनिरहनुभएको गीत चीनको थोङ्ग सिन चे कला मण्डलका किशोर-किशोरीले गाएका हुन्। त्यस सुमधुर गीतका साथमा सिंगापुरको पारा ओलम्पिक प्रतिनिधि मण्डलले पारा ओलम्पिक गाउँमा झण्डात्तोलन् समारोहको आयोजना गरेको छ। सिंगापुरको पारा ओलम्पिक प्रतिनिधि मण्डलका एक सदस्य अर्थात् पथ-मैदानका खेलाडी छन च छ्याङ्गका लागि आफ्नो ओलम्पिक कल्पना अझ नजिकिंदै आएको छ। उहाँका अनुसार, पैचिङ्ग ओलम्पिक खेलकुद अवधिमा उहाँले पथ-मैदानसम्बन्धी सबै प्रतियोगितामा निकै ध्यान दिएर हेर्नुभएको थियो। विशेषत: राष्ट्रिय रङ्गशाला अर्थात् चराको गुँड आकारको रङ्गशालामा धेरै नयाँ ओलम्पिक किर्तिमानको सिर्जना गरिएको दृश्य हेर्दा उहाँलाई एकदमै हर्षोल्लास लागेको छ। चाँडै नै आयोजना हुनलागेको पारा ओलम्पिक खेलकुदप्रति उहाँलाई एकदमै खुशी पनि लागेको छ। उहाँ भन्नुहुन्छ:

              यो अवसर मेरो पहिलो ओलम्पिक खेलकुदको अनुभव हो। साथै म पहिलो पटक चीन आएको पनि हो। मेरो विचारमा, पैचिङ्गका आधारभूत प्रबन्ध तथा वरिपरिका निर्माणहरु निकै राम्रो देखिन्छन्। पारा ओलम्पिक खेलकुदको सन्दर्भ सबै चिनियाँहरुका लागि एउटा गौरव पनि हो।

               आफ्नो ओलम्पिक कल्पनालाई लिएर पैचिङ्ग आउनुभएका स्पेनका पारा ओलम्पिक पौडी खेलाडी मिगेल आन्गेल आरोयो यस वर्ष चौबीस वर्षका हुनुहुन्छ। केही नकारात्मक कारण भएकाले उहाँले चार वर्षअघिको एथेन्स पारा ओलम्पिक खेलकुदमा सहभागिता गुमाउनुभएको थियो। उहालाई ज्यादै दुःख लागेको छ। हाम्रा सम्वाददातासँग कुराकानी गर्दै उहाँले आफ्नो प्रसन्न भावना अभिव्यक्त गर्नुभयो। पैचिङ्ग पारा ओलम्पिक खेलकुदमा सहभागी हुनका लागि बितेका चार वर्षयता श्री मिगेलले मिहिनेतसाथ तालिम लिंदै आउंनुभएको छ। उहाँले पैचिङ्गमा रहेको राष्ट्रिय पौडी केन्द्रमा आफ्नो ओलम्पिक कल्पनालाई साकार तुल्याउनसक्ने आशा पनि गर्नुभयो। उहाँ यसरी भन्नुहुन्छ:

               एथेन्स पारा ओलम्पिक खेलकुदमा सहभागी नभएको कुरा मलाई निकै खेद लागे तापनि पैचिङ्ग पारा ओलम्पिक खेलकुदप्रति म आशावादी रहेको छु। बितेका चार वर्षयता मैले मिहिनेतसँग तालिम लिंदैआएको छु। विशेषत: गत वर्ष मैले मोटामोटी रुपमा प्रत्येक दिन दुई पटक तालिम लिएको थिएँ। पैचिङ्ग आउने अवसर पाएकोमा मलाई ज्यादै खुशी लागेको छ। म सक्दो ठूलो प्रयासमार्फत् प्रतियोगितामा सहभागी हुनेछु। एउटा पदक प्राप्त गर्नसक्ने पनि मेरो आशा छ।

                यसै महिनाको छ तारिखका दिन पैचिङ्गमा शुरु हुने तेह्रौं ग्रीष्मकालीन् पारा ओलम्पिक खेलकुद इतिहासमा रहेको सबैभन्दा ठूलो पारा ओलम्पिक खेलकुद हुनेछ। लगभग एक सय पचासवटा मुलुक तथा क्षेत्रका चार हजार जनाभन्दा बढी खेलाडीहरु सहभागी हुने भएका छन। उनीहरुले जम्मा चार सय बहत्तरवटा प्रतियोगितामा भाग लिने भएका छन्। यस पटकको पैचिङ्ग पारा ओलम्पिक खेलकुदप्रति विभिन्न मुलुकका प्रतिनिधि मण्डलहरुले निकै महत्व दिने गरेका छन। पैचिङ्गमा राम्रो उपलब्धि प्राप्त गर्नका लागि क्यानडा एक सय पचासजना खेलाडीबाट गठित एउटा विकलांग प्रतिनिधि मण्डल पठाएको छ। सुश्री मेगान मुस्केट क्याण्डाको प्रतिनिधि मण्डलकी एकजना महिला खेलाडी छिन्। उनले महिलाको एक सय मिटर तथा दुई सय मिटर दौड प्रतियोगितामा भाग लिनेछिन्। यस पटकको पैचिङ्ग पारा ओलम्पिक खेलकुद उनका लागि एउटा चुनौति हुनुका साथै एक किसिमको प्रतीक्षा पनि हो। पैचिङ्ग पुग्ने बित्तिकै सुश्री मेगानले चारको गुँड आकारको रङ्गशालामा सम्बन्धित तालिम लिन थालेकी छिन्। उनी भन्छिन्:

               हाल मलाई निकै खुशी र आनन्द पनि लागेको छ। चराको गुँड आकारको रङ्गशाला एकदमै सुन्दर छ मलाई! अहिले हाम्रो समय अलि व्यस्त भएकाले त्यस भब्य रङ्गशालाको सम्पूर्ण दृश्यको अवलोकन गर्न सक्दिन। पछि म फेरि राम्रोसँग त्यसको अवलोकन गर्छु।

                पैचिङ्ग आएका विभिन्न मुलुकका प्रतिनिधि मण्डलहरुका लागि प्रतियोगितामा राम्रा नतिजा प्राप्त खोज्नुका साथै पैचिङ्ग विकलांग ओलम्पिक खेलकुदको अवधिमा पूर्वी जगतको विशेषतायुक्त संस्कृतिको अवलोकन गर्नु एउटा रोचक कुरा पनि हो। हाल विभिन्न मुलुकका खेलाडीहरु पैचिङ्ग विकलांग ओलम्पिक खेलकुदको प्रतीक्षामा रहिरहेका छन्।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040