अन्तर्राष्ट्रिय पारा ओलम्पिक समितिले हिजो पैचिङ्गमा कार्यकारी सम्मेलनको आयोजना गरेको छ। पैचिङ्ग ओलम्पिक संयोजन समितिका अध्यक्ष लिउ छिले त्यस सम्मेलनलाई सम्बोधन गर्दै पैचिङ्ग पारा ओलम्पिक खेलकुदका विभिन्न तैयारी कार्य पुरा भैसकेको जानकारी दिनुभएको छ।
श्री लिउ छिका अनुसार, हाल पारा ओलम्पिक खेलकुदका चालीस हजार जनाभन्दा बढी कर्मचारी तथा स्वयम सेवकहरु पैचिङ्गमा भेला भइसकेका छन। पैचिङ्गका साथमा पारा ओलम्पिक खेलकुदको आयोजना गर्ने छिङ्ग ताउ तथा हङ्गकङ्ग पनि तयार रहेका छन। पैचिङ्ग ओलम्पिक संयोजन समितिले पारा ओलम्पिक खेलकुदमा सहभागी हुने सबै खेलाडीहरुलाई प्रतियोगिता तथा जीवनसम्बन्धी उच्च स्तरीय सेवा प्रदान गर्नेछ।
अन्तर्राष्ट्रिय पारा ओलम्पिक समितिका अध्यक्ष फिलिप क्रावेनले पैचिङ्ग पारा ओलम्पिक खेलकुदको तैयारी कार्यको सराहना गर्नुभएको छ।
|