पैचिङ्ग पारा ओलम्पिक खेलकुदका विभिन्न तयारी कार्य हाल सम्पूर्ण रुपमा पूरा भइसकेको छ।
पैचिङ्ग पारा ओलम्पिक खेलकुदको मुख्य सूचना केन्द्रमा आज आयोजित पत्रकार सम्मेलनमा पैचिङ्ग ओलम्पिक संयोजन समितिका कार्याकारीणी उपाध्यक्ष एबँ महासचिव वांग वैले उक्त कुरा बताउनुभएको हो। उहाँका अनुसार पैचिङ्ग पारा ओलम्पिक खेलकुदका विभिन्न रंगशाला तथा पारा ओलम्पिक ग्राममा निर्माण गरिएका निर्बाध प्रबन्ध सम्पूर्ण रुपमा सम्बन्धित मापदण्डसित अनुकूल रहेको छ।
हिजोसम्म पैचिङ्ग पारा ओलम्पिक खेलकुदले विश्वका एक सय अठचालिस वटा मुलुक तथा क्षेत्रको निवेदन पत्र गरेको छ। पैचिङ्ग पारा ओलम्पिक खेलकुदमा भाग लिन निश्चित पारिसकेका खेलाडीहरुको संख्या झण्डै चार हजार पुगेको छ। तीमध्ये एक सय अठतीस वटा प्रतिनिधि मण्डल पारा ओलम्पिक ग्रामभित्र बस्न थालेका छन।
|