
पैचिङ्ग ओलम्पिक खेलकुद सम्पन्न भएको बाह्र दिनपछि अभूतपूर्व ठूलो परिमाणको पैचिङ्ग पारा ओलम्पिक खेलकुद, 2008 आज बेलुका शुरु भयो। चीनका राष्ट्राध्यक्ष हु चिन थाउले यस पटकको ओलम्पिक खेलकुद शुरु भएको घोषणा गर्नुहुने कार्यक्रम छ। आजको उद्घाटन समारोहलाई अन्तर्राष्ट्रिय पारा ओलम्पिक समितिका अध्यक्ष फिलिप क्राभेनले सम्बोधन गर्नुहुने कार्यक्रम पनि छ।

अन्तर्राष्ट्रिय पारा ओलम्पिक समितिका एक सय बयसठ्ठी वटा सदस्यमा एक सय सतचालीस सदस्यले आ-आफ्नो प्रतिनिधि मण्डललाई यस पटकको पारा ओलम्पिक खेलकुदमा सहभागी हुन पठाएका छन। यसमा भाग लिने खेलाडीहरुको संख्या चार हजारभन्दा बढी पुग्ने छ। यी संख्याहरु पहिलेका पारा ओलम्पिक खेलकुदको तुलनामा बढी भएको देखिन्छ। यसका अतिरिक्त यस पटकको पारा ओलम्पिक खेलकुदमा खडा गरिएको खेलहरुको संख्या पनि सबैभन्दा बढी रहेको छ।

उद्घाटन समारोह सम्पन्न भएपछि पैचिङ्ग पारा ओलम्पिक खेलकुदका विभिन्न खेल पैचिङ्ग, छिंग ताउ र हांगकांग आदि शहरमा चौतर्फी रुपमा शुरु हुने कार्यक्रम छ। एघार दिनसम्म चल्ने सो खेल सेप्टेबर सत्र तारिखमा सम्पन्न हुने भएको छ।

|