china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनका राष्ट्राध्यक्ष हु चिन थाउद्बारा अतिथिहरुको स्वागत दिवा भोजको आयोजना  
    (GMT+08:00) 2008-09-06 18:54:50    

                 चीनका राष्ट्राध्यक्ष हु चिन थाउ र उहाँकी श्रीमतीले आज मध्यन्ह पैचिङ्गस्थित जन बृहत्त सभा भवनमा एक दिवा भोजको आयोजना गरी पैचिङ्ग पारा ओलम्पिक खेलकुदमा सहभागि हुन यहाँ आउनुभएका अन्तर्राष्ट्रिय अतिथिहरुको स्वागत गर्नुभएको छ। दिवा भोजका अवसरमा श्री हु चिन थाउले बोल्दै एउटा विशेषतायुक्त उच्च स्तरीय पारा ओलम्पिक खेलकुदको आयोजना गर्ने चीन सरकार तथा चिनियाँ जनताको विश्वास रहेको कुरा औंल्याउनुभएको छ। यसका साथै उहाँले यस पटकको पैचिङ्ग पारा ओलम्पिक खेलकुदले विभिन्न देशका विकलाङ्गबीचको पारस्परिक जानकारी तथा मित्रतालाई बढाउने मञ्च बनेर विश्वमा विकलाङ्गहरुको खेलकुद कार्यका लागि अमूल्य मानसिक सम्पदाको सिर्जना गर्न सक्ने आशा पनि व्यक्त गर्नुभएको छ।

                आज मध्यन्ह पैचिङ्ग पारा ओलम्पिक खेलकुदमा सहभागि हुनुहुने अतिथिहरु एकपछि अर्कोगरी जन बृहत्त सभा भवनको पूर्वी हलमा आइपुग्नुभयो। उहाँहरुको स्वागत गर्न यहाँ कुरिरहनुभएका चीनका राष्ट्राध्यक्ष हु चिन थाउ र उहाँकी श्रीमतीले ती अतिथिहरुसँग हात मिलाउनुभयो। अन्तर्राष्ट्रिय पारा ओलम्पिक समितिका अध्यक्ष फिलिप क्राभेन, अन्तर्राष्ट्रिय ओलम्पिक समितिका मानार्थ अध्यक्ष चुआन आन्टोनिव सामारान्च, लग्जम्बर्गका राजकुमार र गणतन्त्र कोरियाका प्रधानमन्त्री लगाएत झण्डै असी जना अन्तर्राष्ट्रिय अतिथिहरु पैचिङ्गमा भेला हुनुभएको छ। पारा ओलम्पिक खेलकुद शुरु हुनुअघि पैचिङ्ग फेरी विश्वको ध्यानाकर्षणमा रह्‍यो।

                अतिथिहरुको स्वागतार्थ आयोजित भोज शुरु भएपछि राष्ट्राध्यक्ष हु चिन थाउले विभिन्न अतिथिहरु को स्वागत गर्दै भन्नुभयोः "सर्वप्रथम मैले चीन सरकार तथा चिनियाँ जनताको तर्फबाट पैचिङ्ग पारा ओलम्पिक खेलकुदमा सहभागि हुनका लागि तपाईंहरुको हार्दिक स्वागत गर्दछु। पैचिङ्ग पारा ओलम्पिक खेलकुदका लागि योगदान पुर्‍याएका सबै मित्रहरुलाई हार्दिक रुपमा धन्यवाद ज्ञापन गर्दछु।"

                  राष्ट्राध्यक्ष हु चिन थाउका अनुसार गत शताव्दीको साठीको दशकमा आयोजित पहिलो पारा ओलम्पिक खेलकुदयता अन्तर्राष्ट्रिय समाजको सँयुक्त प्रयासमा पारा ओलम्पिक खेलकुदले मानवजातिको पारस्परिक जानकारी तथा मित्रताको प्रवर्द्धन गर्नुका साथै विश्व सभ्यताको विकासलाई अघि बढाउने महत्वपूर्ण भव्य सांस्कृतिक तथा खेलकुद समारोह बनिसकेको छ। विभिन्न देशका विकलाङ्ग खेलाडीहरुले पारा ओलम्पिक खेलकुदमार्फत आत्म-विश्वास देखाएर आफूसामु देखा पर्ने चुनौतिलाई जित्ने लक्ष्यलाई साकार तुल्याएका छन। यसका साथै अन्तर्राष्ट्रिय पारा ओलम्पिक खेलकुदबाट विश्वको ठूलो परिवारमा आपसी रुपमा मिलाएर सामाजिक हक-अधिकारको सह-उपभोग गरी मेलमिलापयुक्त विश्वको सँयुक्त रुपमा स्थापना गर्नका लागि विकलाङ्ग र सवालाङ्ग मित्रलाई प्रोत्साहन गरिएको छ।

                   चीनमा विकलाङ्गहरुको जनसंख्या आठ करोड तीस लाख पुगेको छ। विकलाङ्ग कार्यमा चीन सरकार तथा चिनियाँ जनताले सधैं नै महत्व दिएर यसको सर्वतोमुखी विकासको प्रवर्द्धन गर्न अनेकन नीति तथा कदम चालेका छन। पैचिङ्ग पारा ओलम्पिक खेलकुदको सुअवसरमार्फत चीनले विकलाङ्गको हक-अधिकारको संरक्षणका लागि अझ ठूलो प्रयास गर्ने कुरा बताउँदै राष्ट्राध्यक्ष हु चिन थाउले भन्नुभयोः "हामीले पैचिङ्ग पारा ओलम्पिक खेलकुदको सुअवसरमार्फत मानवतावादी भावनाको अझ प्रचार-प्रसार गरी विकलाङ्गहरुको हक-अधिकारको संरक्षणका लागि प्रयास गरेर सामाजिक जीवनमा समानताका साथ सहभागी भई आर्थिक तथा सामाजिक विकासमा प्राप्त उपलव्धिको सह-उपभोग गर्ने विकलाङ्गहरुको अधिकारको प्रत्याभूत गर्ने भएका छौं।"

                  यस पटकको पैचिङ्ग पारा ओलम्पिक खेलकुदमा विश्वका एक सय चालिसभन्दा बढी मुलुक तथा क्षेत्रबाट आएका चार हजारभन्दा बढी खेलाडीहरुले भाग लिने छन। हाल खेलाडीहरु बस्ने पारा ओलम्पिक ग्राम, तालिम तथा खेलका लागि तयार पारिएका रंगशाला, पैचिङ्गका महत्वपूर्ण दृश्य स्थल र यातायात लगायतका शहरी सार्वजनिक सेवा प्रबन्धहरुमा सहन रुपमा आवत-जावत गर्न निर्बाध प्रबन्धको निर्माण सम्पूर्ण रुपमा पूरा भइसकेको छ। चीनले पैचिङ्ग पारा ओलम्पिक खेलकुदको तयारी राम्ररी पूरा गरिसकेको कुरा बताउँदै राष्ट्रध्यक्ष हु चिन थाउले भन्नुभयोः "सन 2001 मा पैचिङ्ग पारा ओलम्पिक खेलकुदको आयोजना अधिकार पाएदेखि यता चीन सरकार तथा चिनियाँ जनताले अन्तर्राष्ट्रिय पारा ओलम्पिक समिति र अन्तर्राष्ट्रिय समाजको ठूलो समर्थनमा अन्तर्राष्ट्रिय समाजसमक्ष दिइएको प्रतिबद्धताको ध्यानपूर्वक कार्यान्वयन गरी दुइटा ओलम्पिक खेलकुदलाई उस्तै रमाइलो पार्ने मांग बमोजिम पैचिङ्ग पारा ओलम्पिक खेलकुदको तयारी राम्ररी गर्दै आएको छ। अन्तर्राष्ट्रिय पारा ओलम्पिक समिति र अन्तर्राष्ट्रिय समाजको समर्थनमा हामीले पैचिङ्ग पारा ओलम्पिक खेलकुदलाई एउटा विशेषतायुक्त उच्च स्तरीय पारा ओलम्पिक खेलकुदका रुपमा बनाउने विश्वास मैले गरेको छु।"

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040