
चीनका राष्ट्राध्यक्ष हु चिन थाउ र उहाँकी श्रीमतीले आज मध्यन्ह पैचिङ्गस्थित जन बृहत्त सभा भवनमा एक दिवा भोजको आयोजना गरी पैचिङ्ग पारा ओलम्पिक खेलकुदमा सहभागि हुन यहाँ आउनुभएका अन्तर्राष्ट्रिय अतिथिहरुको स्वागत गर्नुभएको छ।

दिवा भोजका अवसरमा श्री हु चिन थाउले बोल्दै सन 2001 मा पैचिङ्ग पारा ओलम्पिक खेलकुदको आयोजना गर्ने अधिकार पाएदेखि यता चीन सरकार तथा चिनियाँ जनताले अन्तर्राष्ट्रिय पारा ओलम्पिक समिति र अन्तर्राष्ट्रिय समाजको ठूलो समर्थनमा अन्तर्राष्ट्रिय समाजसमक्ष दिइएको प्रतिबद्धताको ध्यानपूर्वक कार्यान्वयन गरी दुइटा ओलम्पिक खेलकुदलाई उस्तै रमाइलो पार्ने मांग बमोजिम पैचिङ्ग पारा ओलम्पिक खेलकुदको तयारी राम्ररी गर्दै आएको कुरा बताउनुभएको छ। एउटा विशेषतायुक्त उच्च स्तरीय पारा ओलम्पिक खेलकुदको आयोजना गर्ने चीन सरकार तथा चिनियाँ जनताको विश्वास रहेको कुरा पनि उहाँले औंल्याउनुभएको छ। यसका साथै उहाँले यस पटकको पैचिङ्ग पारा ओलम्पिक खेलकुदले विभिन्न देशका विकलाङ्गबीचको पारस्परिक जानकारी तथा मित्रतालाई बढाउने मञ्च बनेर विश्वमा विकलाङ्गहरुको खेलकुद कार्यका लागि अमूल्य मानसिक सम्पदाको सिर्जना गर्न सक्ने आशा पनि व्यक्त गर्नुभएको छ।
|