
पैचिङ्ग ओलम्पिक खेलकुद सम्पन्न भएको बाह्र दिनपछि अभूतपूर्व ठूलो परिमाणको पैचिङ्ग पारा ओलम्पिक खेलकुद, 2008 आज बेलुका शुरु भयो। चीनका राष्ट्राध्यक्ष हु चिन थाउले यस पटकको ओलम्पिक खेलकुद शुरु भएको घोषणा गर्नुभयो। आजको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अन्तर्राष्ट्रिय पारा ओलम्पिक समितिका अध्यक्ष फिलिप क्राभेनले पैचिङ्ग ओलम्पिक खेलकुद निकै रमणीय थियो भने पैचिङ्ग पारा ओलम्पिक खेलकुद पनि पूर्ण सफल हुन सक्ने विश्वास व्यक्त गर्नुभएको छ।
अन्तर्राष्ट्रिय पारा ओलम्पिक समितिका एक सय बयसठ्ठी वटा सदस्यमा एक सय सतचालिस सदस्यले आ-आफ्नो प्रतिनिधि मण्डललाई यस पटकको पारा ओलम्पिक खेलकुदमा पठाएका छन। यसमा भाग लिने खेलाडीहरुको संख्या चार हजारभन्दा बढी पुग्ने छ। यी संख्याहरु पहिलेका पारा ओलम्पिक खेलकुदको तुलनामा बढी भएको देखिन्छ। यसकाका अतिरिक्त यस पटकको पारा ओलम्पिक खेलकुदमा खडा गरिएको खेलहरुको संख्या पनि सबैभन्दा बढी रहेको छ।

पैचिङ्ग ओलम्पिक संयोजन समितिका अध्यक्ष लीउ छिले आजको उद्घाटन समारोहमा बोल्दै चीन सरकार तथा चिनियाँ जनताले पैचिङ्ग पारा ओलम्पिक खेलकुदको हार्दिक समर्थन गरेका कुरा बताउनुका साथै पैचिङ्ग पारा ओलम्पिक खेलकुदले खुशीयाली तथा मित्रता, संकल्प तथा सफलताको सह-उपभोग गर्ने भव्य समारोह बन्ने प्रतीक्षामा हामी रहिरहेको कुरा औंल्याउनुभएको छ।
उद्घाटन समारोह सम्पन्न भएपछि पैचिङ्ग पारा ओलम्पिक खेलकुदका विभिन्न खेल पैचिङ्ग, छिंग ताउ र हांगकांग आदि शहरमा चौतर्फी रुपमा शुरु हुने कार्यक्रम छ। एघार दिनसम्म चल्ने खेल सेप्टेबर सत्र तारिखमा सम्पन्न हुने भएको छ।
|