china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    विदेशी संचार-माध्यम तथा बासिन्दाहरुद्वारा पारा ओलम्पिक खेलकुदको उद्घाटन समारोहको प्रशंसा
    (GMT+08:00) 2008-09-07 16:35:33    

             पैचिङ पारा ओलम्पिक खेलकुद 2008 को उद्घाटन समारोह हिजो बेलुकी चीनको राष्ट्रिय रंगशाला-बड्स नेस्टमा आयोजना भयो। विश्वका विभिन्न मुलुकका संचार माध्यमहरुले यसको प्रसारण गर्नुका साथै पारा ओलम्पिक खेलकुदको उद्घाटन समारोह ओलम्पिक खेलकुदको उद्घाटन समारोहजस्तै उत्कृष्ट रहेको ठहर गरेका छन्।

             बि.बि.सि.का संचालकले उद्घाटन समारोहको प्रदर्शन "प्रभावपूर्ण"र "अचम्म लाग्दो" रहेको ठहर गर्दै प्रदर्शनमा बाल-बालिका, अभिनेता-अभिनेत्रीहरुले "चीनका बाल-बालिकाहरुको छविलाई राम्रोसँग प्रदर्शन गर्नुका साथै चीनका युवा पुस्तालाई अवश्य नै प्रोत्साहित गर्ने"ठहर गर्नुभयो।

            अमेरिका ए.पि. का अनुसार, पैचिङ पारा ओलम्पिक खेलकुदले विश्वका पारा खेलाडीहरुका लागि पैचिङ ओलम्पिक खेलकुदजस्तै प्रदर्शन गर्ने चौतारो उपलव्ध गराएको छ।

            स्पेनको एफे समाचार समितिले पारा ओलम्पिक खेलकुदको उद्घाटन समारोहले पूर्वी सुन्दरता, आफूलाई नाघेको तथा मेलमिलापयुक्त सह-अस्तित्वलगायतको भावना देखाएको भन्दै प्रशंसा गरेको छ।

             त्यसअतिरिक्त, ब्राजिल, टर्की, फ्रान्स, जर्मनी, इटली, दक्षिण अफ्रिका, जापान, गणतन्त्र कोरिया तथा अंगोलालगायतका मुलुकका पदाधिकारी तथा संचार माध्यमहरुले पारा ओलम्पिक खेलकुदको उद्घाटन समारोहको प्रशंसा गरेका छन्।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040