 जर्मनीका राष्ट्रपति होस्ट कोएलेर तथा स्वीजरल्याण्डका रक्षा एवम् खेलकुद मन्त्री सामुएल स्कमिदले आज पैचिङ पारा ओलम्पिक गाउँको भ्रमण गर्नुभयो।
पैचिङ ओलम्पिक खेलकुद संयोजन समितिकी उपाध्यक्ष, पैचिङ पारा ओलम्पिक गाउँकी प्रमुख श्रीमती छन च लिले अतिथिहरुको स्वागत गर्नुभयो। उहाँले स छ्वान प्रान्तमा गएको भयंकर भूकम्प तथा पारा ओलम्पिक खेलकुदको तयारी अवधिमा जर्मनी सरकारद्वारा चीनलाई पुर्याइएको सहायताप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्नुभयो।
प्रत्युत्तरमा राष्ट्रपति सामुएल स्कमिदले पैचिङ 2008 पारा ओलम्पिक खेलकुदमा भाग लिन पाएकोमा खुसी व्यक्त गर्दै पारा ओलम्पिक गाउँको सबै कुराप्रति आफ्नो चासो रहेको कुरा व्यक्त गर्नुभयो।
पैचिङ 2008 पारा ओलम्पिक खेलकुदको उद्घाटन समारोहमा सहभागी हुन आउनुभएका स्वीजरल्याण्डका रक्षा एवम् खेलकुदमन्त्री सामुएल स्कमिदले आज पैचिङ पारा ओलम्पिक गाउँको भ्रमण गर्नुभयो। यस अवसरमा उहाँले पारा ओलम्पिक खेलकुदको उद्घाटन समारोह सुन्दर तथा विशेष रहेको प्रशंसा गर्नुभयो।
|