china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    पैचिङ्ग पारा ओलम्पिकलाई सकेसम्म राम्रोसँग आयोजना गर्ने प्रयास चीनद्बारा गरिने- चीनका उप-प्रधानमन्त्री
    (GMT+08:00) 2008-09-08 19:22:30    

                चीनका उप-प्रधान मन्त्री ली ख छ्याङले आज पैचिङ्गमा बोल्दै चीनले सकेसम्म पैचिङ्ग पारा ओलम्पिकलाई राम्रोसँग आयोजना गर्दै विभिन्न मुलुकका अपाङ्ग खेलाडीहरुका लागि आफ्नो उत्कृष्टता देखाउने तथा जीवनको मूल्यलाई साकार तुल्याउने मञ्च प्रस्तुत गर्ने प्रयास चीनले गरिरहेको कुरा व्यक्त गर्नुभएको छ। यसका साथै उहाँले चीनको अपाङ्ग महाकार्यलाई नयाँ चरणमा पुर्‍याई त्यसको तीब्र विकासलाई अघि बढाउने कुरा पनि प्रकट गर्नुभयो।

              उहाँले पैचिङ्ग पारा ओलम्पिकको उद्धाटन समारोह तथा सम्बन्धित कार्यक्रममा भाग लिइरहनुभएका क्रोएशियाली उप-प्रधान मन्त्री श्रीमती चात्रान्का कोसोरसँग भेट गर्दा उक्त कुरा भन्नुभएको हो। उक्त भेटमा श्रीमती कोसोरले पैचिङ्ग ओलम्पिकजस्तै पैचिङ्ग पारा ओलम्पिक पनि सफल हुने विश्वास व्यक्त गर्नुभएको छ।

                 द्बिपक्षीय सम्बन्धबारे चर्चा गर्दै चीनका उप-प्रधान मन्त्री ली ख छ्याङले चीनले क्रोएशियासँग विभिन्न स्तरमा राजनैतिक वार्ता गर्दै विभिन्न क्षेत्रमा हुने वस्तुगत सहयोगलाई गहन पारेर आपसी चौतर्फी साझेदारी सम्बन्धलाई निरन्तर रुपमा अघि बढाउने आशा व्यक्त गर्नुभयो भने श्रीमती कोसोरले क्रोएशियाले चीनसँगै मिलेर पारस्परिक सम्बन्धमा नयाँ प्रगति हासिल गर्न प्रयास गर्ने इच्छा व्यक्त गर्नुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040