china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    पैचिङ्ग प्यारा ओलम्पिकमा सहभागी खेलाडीद्वारा विश्वलाई प्रभावित
    (GMT+08:00) 2008-09-11 18:38:40    

         पैचिङ्ग प्यारा ओलम्पिक आज पाँचौं दिनमा प्रवेश भएको छ। बितेका केही दिनमा विकलाङ्ग खेलाडीहरुले धेरै नयाँ रिकर्ड सिर्जना गर्दै आ-आफ्नो देश तथा आफ्ना लागि गौरव कमाएका छन। प्यारा ओलम्पिकमा चम्किने पदकभन्दा अझ आकर्षित कुरा विकलाङ्ग खेलाडीले निष्पक्ष प्रतिस्पर्धा गर्ने तथा उनीहरुको दृढता हो। उनीहरुको भावना तथा दृढताले हामी हरेक मान्छेलाई प्रोसाहित गर्नुका साथै विश्वसमक्ष एउटै संसार एउटै सपना भन्ने नाराको अर्थलाई परिपूर्ण रुपमा ब्याख्या गरेका छन। अब सुनौं, हाम्रो रेडियोका सम्बाददाताले पठाउनुभएको सम्बन्धित विस्तृत विवरणः

              हिजो राती एउटा हात भएका पोल्याण्डेली टेबुल टेनिस खेलाडी नातालीया पार्टीकाले आफ्नो सपनालाई साकार तुल्याइन। ओलम्पिक तथा प्यारा ओलम्पिक यी दुवै खेलकूदमा भाग लिनसक्ने खेलाडीहरुमध्येको एक उनले टेबुल टेनिस महिला एकल प्रतियोगितामा चिनियाँ खेलाडीलाई जितेर च्याम्पियनशिप प्राप्त गरेकी छिन। केही समयअघि सम्पन्न भएको पैचिङ्ग ओलम्पिकमा उनी र उन्का साथीहरुले ओलम्पिकको इतिहासमा पोल्याण्डेली टेबुल टेनिस महिला समूहका लागि सबभन्दा राम्रो उपलब्धि हासिल गरिन। भविष्य सम्बन्धी उनको लक्ष्यबारे जानकारी दिँदै उनी भन्छिनः

              "मेरो सपनाको एउटा भाग मात्रै साकार भएको छ। किनभने मैले ओलम्पिकको अवधिमा सामूहिक प्रतियोगितामा मात्रै भाग लिएँ। लण्डन ओलम्पिकमा एकल तथा सामूहिक प्रतियोगितामा भाग लिने मेरो आशा छ। त्यस बेलामा मात्रै मेरो सपना पूर्ण रुपमा पूरा हुन्छ भन्न सक्ने छु। त्यति बेला ओलम्पिकमा पदक प्राप्त गर्ने मेरो नयाँ सपना हुने छ।"

              उनको दृढताले खेल मैदानमा प्रतियोगिता हेरेका हरेक दर्शकको मनलाई छोयो र संचारमाध्यमले पनि उनमाथि ठूलो नजर पुर्‍यायो। प्रतियोगितामा उनको प्रदर्शनले उनलाई मन पर्ने चिनियाँ टेबुल टेनिस प्रेमीको मनलाई पनि छोयो। स्याउ वाङ तीमध्येको एक हुन्।

            "ओलम्पिकको अवधिमा उनले पोल्याण्डको महिला टेबुल टेनिस सामूहिक प्रतियोगितामा भाग लिइन। निकै राम्रोसँग खेलीन। उनको नाम पार्टीका हो। सवालाङ्ग खेलाडीसँगै प्रतिस्पर्धा गरेकोले म उनलाई आदर गर्छु।"

              सम्मान कमाएका विकलाङ्ग खेलाडीहरुले देखाएको खेलकूद सम्बन्धी भावना पनि प्रोत्साहित छ। गत आठ तारिखका दिन आयोजित महिला चार सय मिटर फ्रिस्टायल प्रतियोगितामा सात जना खेलाडीले पचास मिटर दूरीलाई पूरा गरेपछि रोकेर नयाँ प्रतियोगितालाई पर्खे। यो श्रवणविहिन अस्ट्रेलियाली केटीको लागि गरिएको हो।

              उक्त प्रतियोगितामा भाग लिएका सबै दृष्टि कमजोर भएका खेलाडीहरु थिए। उक्त प्रतियोगिता शुरु भएपछि सबै खेलाडीले पौडी पोखरीमा प्रवेशगरी पौडी खेल्न थाले तर अस्ट्रेलियाली खेलाडी भान रुस्मालेन तेइगानले तयारी कार्यलाई मात्र कायमै राखिरहे। पछि सबै खेलाडीलाई थाहा भयोः तेइगानको दृष्टि मात्र नभइ श्रवण पनि कमजोर छ। उनले नजिकको बत्तिको सहयोगमा मात्र प्रतिस्पर्धा शुरु गर्थिन। तर प्रतियोगिता शुरुभएपछि त्यो बत्ति बालिएन। निष्पक्षतालाई कायम राख्न जजले फेरि एक पटक प्रतिस्पर्धा गर्ने निर्णय गरे।

              इटली प्यारा ओलम्पिक समितिका अध्यक्ष लुका पान्कालीले विकलाङ्ग खेलाडीहरुबारे चर्चा गर्दै भन्नुभयोः

            "विश्वका विभिन्न मुलुकबाट आएका चार हजार जना विकलाङ्ग खेलाडीले यस महत्वपूर्ण खेलकूद मञ्चमा आफ्नो वरिष्ठतालाई देखाइरहेका छन। उनीहरुले ओलम्पिकमा भाग लिएका खेलाडीहरु जस्तै खुशियाली तथा सफलताको अनुभव गरिरहेका छन। यसका साथै विकलाङ्ग खेलाडीको प्रदर्शनमार्फत विश्वमा खेलबाट खुशीयाली अनुभव गर्न नसकेका विकलाङ्गहरुसमक्ष जीवनको सुख तथा समाजमा रहेको खुशीयालीलाई अनुभव गर्नसक्ने कुरा देखाइन्छ।"

               पैचिङ्ग प्यारा ओलम्पिकमा भाग लिने खेलाडीहरुले आफ्नो बुद्धी, क्षमता तथा दृढताले सवालाङ‍ग मानिसहरुले पार गर्ननसक्ने बाधालाई हटाएको देखिन्छ। उनीहरुले आफ्नो निहित शक्ति, क्षमतालाई प्रमाणित गरेका छन। उनीहरुबाट समाजले उनीहरुका लागि माया-ममता तथा मौका प्रदान गरेमा उनीहरुले समाजका लागि योगदान प्रदान गर्नसक्ने कुरा प्रमाणित गरेका छन।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040