| 
   
        आज पैचिङ पारा ओलम्पिक खेलकुद सातौं दिनमा प्रवेश भएको छ। आज ट्रेक एण्ड फिल्ड, पौडीलगायत खेलमा त्रिपन्न वटा स्वर्ण पदकको छिनोफानो हुनेछ। आज चीनले पौडी तथा ट्रेक एण्ड फिल्ड खेलमा रोचक प्रदर्शन गरी चार वटा स्वर्ण पदक जितेको छ। अहिलेसम्म चीनले सैंतीसवटा स्वर्णपदक समेत गरी जम्मा एक सय नौ वटा पदक प्राप्त गरी पदक तालिकामा पहिलो स्थान ओगटेको छ। बेलायत तथा अमेरिकाले तेंतीस वटा स्वर्ण पदक तथा तेइस वटा स्वर्ण पदक प्राप्त गरी पदक तालिकामा दोश्रो र तेश्रो स्थानमा रहेका छन।  
  
        आज स्वर्ण पदक मुख्य गरी पौडी तथा ट्रेक एण्ड फिल्ड लगायत खेललाई प्रदान गरिनेछ। पौडी प्रतियोगितामा सोह्र वटा स्वर्ण पदक व्यवस्था गरिएको छ। खेलाडीहरुले एघार वटा खेलमा चौध पटक विश्व किर्तिमानलाई तोड्नुभयो। बीस वर्षकी दृष्टिविहिन चिनियाँ महिला शे छिंगले एक सय मिटरको वटरफ्लाइ प्रतियोगितामा विश्व किर्तिमान तोडेर एउटा स्वर्ण पदक जित्नुभयो।  
  
        त्यसै गरी आज आयोजित ट्रेक एण्ड फिल्ड प्रतियोगितामा चीनले तीन वटा स्वर्ण पदक जितेको छ।  
 |