china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    पारालम्पिकमा नेपालको निराशजनक प्रदर्शन
    (GMT+08:00) 2008-09-15 19:56:30    

              पैचिङ्गमा सञ्चालन भइरहेको अपाङ्गहरूको सबैभन्दा ठूलो खेलमेला पारा ओलम्पिक खेलकुदमा नेपालका एक मात्र खेलाडी जीतबहादुर खड्काले सन्तोषजनक प्रदर्शन गर्न सकेनन्। पैचिङ्गस्थित चीनको राष्ट्रिय रङ्गशाला बर्ड नेस्टमा हिजो अपराह्न भएको एथलेटिक्सअन्तर्गत् पुरुष 100 मिटर दौडको हिट चरणबाटै उनी बाहिरिए ।

              उनको समूहमा सहभागी अन्य छ खेलाडीले सो दूरी 12 सेकेन्डभित्रै पूरा गरे पनि उनलाई भने 14.2 सेकेन्ड लागेको थियो। दौडको सुरुदेखि नै पछाडि परेका भए पनि अर्का एक खेलाडीको सहभागितालाई अमान्य ठहर्याएपछि उनी छैटौँ स्थानमा पर्न सफल भए।

               नेपालले सहभागिता जनाएको एकमात्र खेलमा राम्रो प्रदर्शन गर्न नसकेकामा आफूलाई दुःख लागेको उनले बताए। खेलबाट बाहिरिएपछि राससका सम्वाददातालाई प्रतिक्रिया दिँदै उनले भनेः तर मैले प्रशिक्षक र प्रशिक्षणबिना राम्रो गर्न प्रयास भने गरेँ।

               पारालम्पिक कमिटीले दिने वाइल्ड कार्डका आधारमा खड्का प्रतियोगिताका लागि छनोट भएका थिए। उनलाई हौसला दिन चीनका लागि कार्यवाहक नेपाली राजदूत निर्मलराज काफ्ले, दूतावास अधिकारी र पैचिङ्गमा रहेका नेपाली विद्यार्थी दिउँसो नै पारा ओम्पिक-ग्राम पुगेका थिए। पारालम्पिकमा नेपालको यो दोस्रो सहभागिता हो ।

                सन् 2004 मा एथेन्समा आयोजित बाह्रौं पारा ओलम्पिक खेलकुदबाट नेपालले सहभागिता जनाउन सुरु गरेको हो ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040