
हिजो चीनको परम्परागत चाड चुङ्ग छ्यु चाड हो। पारा ओलम्पिक खेलकुद शुरु भएयता हिजै चिनियाँ खेलाडीहरुले सबैभन्दा बढी पदकहरु पाएको दिन पनि हो। ट्राक एन्ड फिल्ड भारत्तोलन, व्हील चेयर फेन्सीङ, स्वीमिङ्ग, आर्चरी, महिला सिटीङ भलिबल र दृष्टिबिहीन गेटबल खेलमा चौध वटा स्वर्ण पदक उत्पन्न भएका छन्। जसबाट चिनियाँ खेलाडीले पाएका जम्मा स्वर्ण पदकको संख्या 63 पुग्नुका साथै कूल पदक संख्या 1 सय 59 पुगेर स्वर्ण पदक गणनामा चीन पहिलो स्थानमा रहेको छ। दोस्रो स्थानमा रहेको बेलायतले हालसम्म 41 वटा स्वर्ण पदक प्राप्त गरेको छ।
अरु मुलुक र क्षेत्रबाट आएका खेलाडीहरुले पनि उत्कृष्ट प्रदर्शन गरेका छ।
|