china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    नेपालका परराष्ट्रमन्त्री उपेन्द्र यादवले नेपाल सदैव एक चीनको नीतिमा दृढ रहेको बताउनु भएको छ
    (GMT+08:00) 2008-09-16 19:07:06    

           नेपाल सरकारले जुनसुकै खाले चीन विरोधी गतिविधिलाई नियन्त्रण गर्ने र एक चीनको नीतिलाई सधैँ समर्थन गर्ने कुरा परराष्ट्रमन्त्री उपेन्द्र यादवले बताउनुभएको छ। परराष्ट्रमन्त्री पदमा बहाली भएपछि पहिलोपटक एउटा औपचारिक कार्यक्रममा बोल्दै मन्त्री यादवले नेपालको भूमि चीनबिरोधी गतिविधिमा प्रयोग गर्न नदिने प्रतिवद्धता जाहेर गर्नुभयो ।

                 बिबिसी विश्व सेवाले काठमाडौँमा आयोजना गरेको साझा सवाल कार्यक्रममा मुख्य वक्ताको रुपमा उपस्थित भएर परराष्ट्रमन्त्री यादवले सो अभिव्यक्ति दिनु भएको हो । नेपालले नयाँ चीन स्थापना हुँदादेखि नै एक चीन नीतिलाई समर्थन गरेको र वर्तमान नयाँ सरकारले पनि चीनलाई हेर्ने नीतिमा परिवर्तन नल्याएको पनि उहाँले स्पष्ट पार्नुभयो ।

                 कथित तिब्बती शरणार्थीका नाममा काठमाडौँमा भइरहेको चीन विरोधी गतिविधिलाई सरकारले नियन्त्रण गर्न नसकेको गुनासोसहितको प्रश्न उठेकोमा परराष्ट्रमन्त्री यादवले भन्नुभयो "यो सरकारले भरखरैमात्र आफ्नो कार्यभार ग्रहण गरेको छ । अब नयाँ सरकारले त्यस प्रकारका गतिविधिलाई पूर्ण रुपले नियन्त्रण गर्नेछ ।"

                 कार्यक्रममा सिमाविद् वु्द्धिराज बज्राचार्यले नेपाल र भारतबीचको सिमामा विवाद आइरहेको भए पनि नेपाल र चीनबीचको सिमामा कुनै विवाद नभएको उल्लेख गर्दै नेपालले चीनसँगको सम्बन्धलाई इतिहासदेखि नै महत्व दिँदै आएको बताउनुभयो ।

                कार्यक्रममा सहभागी हुनु भएका नेपाल चीन कार्यकारी परिषदका अध्यक्ष अनुपरन्जन भट्टराईले नेपाल र चीनबीचको मैत्री सम्बन्धले जनस्तरसम्म जरा गाडेको बताउँदै अन्य देशसँगभन्दा चीनसँग नेपालको सम्बन्ध घनिष्ट रहेको बताउनुभयो । दुई देशबीचको मैत्री सम्बन्धलाई जनस्तरसम्म पुर्याउन विभिन्न मैत्री सम्बन्धले कोशेढुङ्गाको काम गरेको पनि अध्यक्ष भट्टराईले बताउनुभयो ।

    चेतनाथ आचार्य

    सि.आर.आई.

    काठमाडौँ

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040