china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    पारा ओलम्पिक खेलकुदले पैचिङ्गका लागि मूल्यवान सम्पदा छाडेको
    (GMT+08:00) 2008-09-16 19:09:45    

            पैचिङ्ग पारा ओलम्पिक 2008खेलकुद सम्पन्न हुनलागेता पनि त्यसबाट चीनका लागि छाडिएका विभिन्न किसिमका परिवर्तन, विकलाङ्गसम्बन्धी कार्यको विकास तथा अतिथिको सम्दर्भमा मानिसहरुका राम्रा बानीहरु सम्पन्न हुने भएका छैनन्। पारा ओलम्पिक खेलकुदले चीनका लागि मूल्यवान सम्पदा छाड्ने भएको छ।

                 पैचिङ्ग ओलम्पिक तालिमसम्बन्धी सल्लाहकार चाउ चि व्हाका अनुसार, पारा ओलम्पिक खेलकुदबाट चीनका लागि छाडिएका सम्पदाहरुमध्ये समस्त शहरमा सभ्यताको गुणस्तर माथि उठेको कुरा सबैभन्दा मूल्यवान चीज हो। उहाँ यसरी भन्नुहुन्छ:

                 समस्त शहरमा सभ्यताको गुणस्तर माथि उठेको कुरा ओलम्पिक खेलकुदको अवधिमा छाडिएको सबैभन्दा मूल्यवान चीज नै हो। ओलम्पिक खेलकुदमार्फत् प्राचीन शहर अर्थात् पैचिङ्गमा युवक तथा जिउँदो शक्ति देखा परेको देखिन्छ। एउटा शहरका बासिन्दाहरुको यस्तो खुलस्त भावना रहेकाले त्यस शहरको निहित शक्ति अझ बढी हुने सम्भावना छ।

                  पैचिङ्ग शहरको अपाङ्ग संघका प्रमुख ल्यु चङ्ग मिङ्गका अनुसार, पैचिङ्ग पारा ओलम्पिक खेलकुदले विकलाङ्ग मानिसहरुप्रति सम्पूर्ण समाजको सम्मानलाई घच्घच्याएको छ। उहाँ भन्नुहुन्छ:

                   यस पटकको पारा ओलम्पिक खेलकुदमार्फत् समस्त अन्तर्राष्ट्रिय समाज विशेषत: पैचिङ्ग तथा पूरै चीनमा अपाङ्गसम्बन्धी नयाँ विचार तथा धारणा सिर्जना भएको देखिन्छ। मेरो विचारमा, पारा ओलम्पिक खेलकुदको आयोजनामार्फत् विकलाङ्ग मानिसहरु तथा अन्य कठिन समूहप्रति समस्त समाजको समझदारी, कदर, ख्याल-विचार तथा सहयोगलाई ठूलो मात्रामा बढाइएको छ।

                  शहरमा सभ्यताको गुणस्तर माथि उठेको होस् वा विकलाङ्गको सम्मान बढेको कुरालाई पारा ओलम्पिक खेलकुदबाट पैचिङ्गका लागि छाडिएको मूल्यवान सम्पदाको रुप मानिएको छ। वास्तवमा, अवरोधरहित यातायातको विशेष प्रबन्धका सम्बन्धमा पारा ओलम्पिक खेलकुदले पैचिङ्गमा ठूलो परिवर्तन ल्याएको देखिन्छ।

                 प्राप्त जानकारीअनुसार, पैचिङ्ग ओलम्पिक खेलकुद तथा पारा ओलम्पिक खेलकुदको अवधिमा दुई हजार आठ सयभन्दा बढी अवरोधरहित सार्वजनिक बस तथा छ सयवटा नयाँ सामान्य बस शहरी यातायातमा आएका छन्। अवरोधरहित ओलम्पिक बस-लाईनको संख्या सत्र पुगेको छ। ती सुविधाजनक यातायात साधनमार्फत् झण्डै चालीस हजारभन्दा बढी विकलाङ्गहरुको आवत-जावत भएको छ भने विशेषगरी ह्विल-चेयरमा बसेका तीस हजारभन्दा बढी यात्रुहरुको ओसार-पसार भएको छ। ती संख्याले पैचिङ्गको सार्वजनिक यातायात प्रणालीको इतिहासमा सबैभन्दा उच्चस्तरको सिर्जना गरेका छन्। पैचिङ्ग शहरको यातायात परिषदका उप प्रमुख चौ चङ्ग युले हामीलाई जानकारी दिंदै भन्नुभयो:

                 भूमिगत् रेलका तीनवटा नयाँ लाईन, नयाँ सार्वजनिक बस तथा विकलाङ्गका लागि अवरोधरहित् प्रबन्धलगायत सबै यातायातको आधारभूत प्रबन्धले पैचिङ्गको भावी यातायातमा नयाँ शक्ति थपिने भएको छ। सार्वजनिक बसमार्फत् बाहिर जाने तरिका अझ बढी बासिन्दाहरुले स्वीकार गर्ने गरेका छन्।

                 अन्तर्राष्ट्रिय पारा ओलम्पिक समितिका अध्यक्ष फिलिप क्रावेनले पारा ओलम्पिक खेलकुद शुरु हुनुअघि बोल्दै सन् 2008 पैचिङ्ग पारा ओलम्पिक खेलकुद सफलताका साथ आयोजना भएको कुराले पैचिङ्ग अझ विशेषगरी समस्त चीनका लागि अधिकांश मूल्यवान् सम्पदा छाडिदिने कुरा बताउनुभएको थियो। उहाँका अनुसार, ती मूल्यवान सम्पदाबाट दीर्घकालीन रुपमा चीनका आठ करोड तीस लाख विकलाङ्गहरु लाभान्वित हुने भएका छन्।

                  पैचिङ्ग पारा ओलम्पिक खेलकुदको संयोजन समितिका अध्यक्ष वाङ्ग सिन सेनका अनुसार, पारा ओलम्पिक खेलकुदले विकलाङ्गहरुप्रति समस्त समाजको ख्याल-विचारलाई बढाउनुका साथै विकलाङ्गहरुको स्वास्थ्य तथा रोजगारसम्बन्धी विभिन्न सुनिश्चिततालाई पनि सवल पार्ने भएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040