 सेप्टेम्बर बाह्र तारिख पैचिङ 2008 पारा ओलम्पिक खेलकुदका केही प्रतियोगिताहरु सम्पन्न भइसकेका छन भने पारा ओलम्पिक खेलकुदको आधा प्रक्रिया पुरा भएको छ। विश्वका विभिन्न मुलुकका खेलाडीहरु, प्रशिक्षकहरुले यस पारा ओलम्पिक खेलकुदको संयोजन कार्यको उच्च मूल्यांकन गर्नुभएको छ।
साइकल तथा घोड्चढी लगायत प्रतियोगिताहरु सफलताका साथ सम्पन्न भइसकेका छन। पैचिङले पारा ओलम्पिक खेलकुदमा भाग लिएका विभिन्न देशका प्रतिनिधिहरु तथा पत्रकारहरुलाई राम्रो सेवा उपलव्ध गराएको छ। विभिन्न देशका पाहुनाहरुले पारा ओलम्पिक खेलकुदको संयोजन कार्यको विभिन्न ठोस कुरा महसूस गरेका छन। उनीहरुद्वारा गरिएको मूल्यांकनले मानिसहरुको सामू सबैभन्दा सांचो पारा ओलम्पिक खेलकुद प्रदर्शन गरिएको छ।
गणतन्त्र कोरियाका प्रसिद्ध आर्चरी खेलाडी ली हुंग कुले धेरै पटकको पारा ओलम्पिक खेलकुदमा भाग लिनुभएको छ। हाम्रा पत्रकारसँग कुराकानी गर्दै पैचिङ 2008 पारा ओलम्पिक खेलकुदले उहाँको मनमा गहिरो छाप पारेको कुरा वताउनुभयो।

धेरै राम्रो छ। पहिले मैले 2000 सिड्नी पारा ओलम्पिक खेलकुद तथा 2004 यथेन्स पारा ओलम्पिक खेलकुदमा भाग लिएको थिएँ। तथापि पैचिङ पारा ओलम्पिक खेलकुद निकै उत्कृष्ठ छ। हाम्रा खेलाडीहरुका लागि निर्धारित बस निकै सुविधाजनक छ। रंगशालाहरु पनि धेरै नजिक छन्। जसले ठूलो हदमा हाम्रो थकाईलाई घटाएको छ र मलाई धेरै सन्तोष लागेको छ।
प्रतियोगिताका रंगशालाहरु तथा पारा ओलम्पिक गाउँको अवरोधमुक्त प्रबन्धहरु तथा सेवाको सबैभन्दा उच्च मूल्यांकन गरिएको छ। पैचिङको तेश्रो पटकको भ्रमणमा रहेको बुल्गेरियाली पारा ओलम्पिक खेलकुद प्रतिनिधि मण्डलका प्रमुख इआ लालोभले पारा ओलम्पिक गाउँका प्रबन्धहरु तथा सेवा उत्कृष्ठ रहेको ठहर गर्नुभएको छ।
पैचिङ पारा ओलम्पिक खेलकुदका प्रबन्धहरुले ठूलो मात्रामा मेरो मनमा गहिरो छाप परेको छ। प्रतियोगिताका संयोजनकर्ताहरुले पारा खेलाडीहरुका लागि उपलव्ध गराएका रंगशालाहरु तथा बसोबास गर्ने वातावरण निकै राम्रो छ। मैले देखेको सबैभन्दा राम्रो पारा ओलम्पिक गाउँ तथा सबैभन्दा राम्रो संयोजन कार्य भएको ठहर मैले गरेको छु।

श्रीलंकाली पारा ओलम्पिक खेलकुद प्रतिनिधि मण्डलका प्रमुख राजिभ विक्रमासिंहले चिनियाँ खानालाई बढी ध्यान दिनुभएको छ।
यहाँ हामीले सांच्चिकै चिनियाँ खाना खान पाएका छौं। निकै मिठो छ। चिनियाँहरु धेरै चलाख छन। यस्तो मिठो खाना उनीहरुले के-कसरी बनाएका होलान? भन्ने कुरा मैले थाहा पाउन खोजेको छु।
|