china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनका राष्ट्रध्यक्ष हु चिन थाउद्बारा पाहुनाको सम्मानमा दिवा भोजको आयोजना
    (GMT+08:00) 2008-09-17 19:08:09    

              गत केही दिनयता विश्वको ध्यानाकर्षणमा रहेको पैचिङ्ग पारा ओलम्पिक खेलकुद, 2008 आज बेलुका सम्पन्न भयो। आजको समापन समारोहमा भाग लिन यहाँ आउनुभएका अन्तर्राष्ट्रिय पारा ओलम्पिक समितिका अध्यक्ष फिलिप क्राभिन लगाएत तीस जना अन्तर्राष्ट्रिय पाहुनाको सम्मानमा चीनका राष्ट्राध्यक्ष हु चिन थाउले चीन सरकार र चिनियाँ जनताको तर्फबाट स्वागत गर्दै आज मध्यन्ह एउटा भव्य दिवा भोजको आयोजना गर्नुभयो। सो अवसरमा उहाँले पैचिङ्ग पारा ओलम्पिक खेलकुदमा कायमै गरिएको "पार, मेलमिलाप, सह-उपभोग" भन्ने धारणाबाट सारा विश्वमा विकलाङ्ग कार्यमा महत्वपूर्ण मानसिक सम्पदाको सिर्जना गरिएको कुरा बताउनुभएको छ। चीन सरकार र चिनियाँ जनताले पहिले गरिआए झैं मानवतावादी भावनाको प्रचार-प्रसार गरी विकलाङ्गको खेलकुद र अन्य सम्बन्धित कार्यको अझ विकास गर्ने कुरा बताउँदै उहाँले भन्नुभयोः

            "आज बेलुका पैचिङ्ग पारा ओलम्पिक खेलकुद सम्पन्न हुने छ। पैचिङ्ग पारा ओलम्पिक खेलकुदको समापन समारोहको अवलोकन गर्न यहाँ आउनुभएकाले म चीन सरकार र चिनियाँ जनताको तर्फबाट तपाईंहरुको हार्दिक स्वागत गर्दछु। यसका साथै मैले पैचिङ्ग पारा ओलम्पिक खेलकुदको सफल आयोजनाका लागि योगदान पुर्‍याउनुभएका मित्रहरुलाई हार्दिक रुपमा धन्यवाद ज्ञापन गर्न चाहन्छु र यस पटकको पैचिङ्ग पारा ओलम्पिक खेलकुदमा विभिन्न मुलुक तथा क्षेत्रबाट आउनुभएका विकलाङ्ग खेलाडीले प्राप्त गर्नुभएको राम्रो उपलव्धिका लागि हार्दिक रुपमा बधाई व्यक्त गर्न चाहन्छु।"

               हालसम्मको इतिहासमा एउटै संयोजन समितिद्बारा ओलम्पिक खेलकुद र पारा ओलम्पिक खेलकुदको एकै साथमा तयार तथा आयोजना गरिएको यो पहिलो अवसर हो। पैचिङ्ग पारा ओलम्पिक खेलकुदबाट विकलाङ्गहरुमा अन्तर्राष्ट्रिय समाजले दिएको महत्वलाई एउटा नयाँ तहमा पुर्‍याइएको कुरा यसअघिको समाचारमा बताइएको छ। यस मध्यन्हमा आयोजित दिवा भोजको भव्यताबाट पनि यो कुरालाई प्रमाणित पारिएको छ। अन्तर्राष्ट्रिय पारा ओलम्पिक समितिका अध्यक्ष तथा उहाँकी श्रीमती, अन्तर्राष्ट्रिय ओलम्पिक समितिका अध्यक्ष तथा उहाँकी श्रीमती र बांगलादेश तथा टुकुमान्स्तान आदि मुलुकका राष्ट्रानायक, सरकारी प्रमुख, राजपरिवारका सदस्य र राजनैतिक दलका जिम्मेवार व्यक्तिहरु लगाएत तीस जना अन्तर्राष्ट्रिय पाहुनाले आज मध्यन्हको दिवा भोजमा भाग लिनुभएको छ। उहाँहरुले बेलुका आयोजित पैचिङ्ग पारा ओलम्पिक खेलकुदको समापन समारोहमा पनि भाग लिनुहुने कार्यक्रम रहेको छ।

                गत सेप्टेबर छ तारिखका दिन शुरु भएको पैचिङ्ग पारा ओलम्पिक खेलकुदको मुख्य बिषय "पार, मेलमिलाप, सह-उपभोग" भन्ने रहेको छ। सारा विश्वका एक सय सतचालिस वटा मुलुक तथा क्षेत्रबाट आउनुभएका चार हजारभन्दा बढी खेलाडीले पैचिङ्ग पारा ओलम्पिक खेलकुदका बीस वटा प्रतियोगिताका चार सय बहत्तर वटा खेलमा भाग लिनुभएको छ। यस पटकको पारा ओलम्पिक खेलकुदको पुनरावलोकन गर्दै श्री हु चिन थाउले भन्नुभयोः

             "गत बाह्र दिनमा विभिन्न मुलुक तथा क्षेत्रबाट आउनुभएका विकलाङ्ग खेलाडीले पैचिङ्ग पारा ओलम्पिक खेलकुदका विभिन्न कार्यमा सक्रियताका साथ भाग लिनुभएको छ। यसबाट उहाँहरुले सदा सर्वदा आशावादी रुपमा प्रयास गर्ने भावनालाई देखाएर आफ्नो रमणीय जीवनका लागि गीत गाउनुभएको छ। चिनियाँ जनता र विश्वका विभिन्न देशका जनताले पैचिङ्ग पारा ओलम्पिक खेलकुदको सफल तथा खुशीयाली वातावरणको सँयुक्त रुपमा सह-उपभोग गरेका छन। पैचिङ्ग पारा ओलम्पिक खेलुकुदमा कायमै राखिएको पार, मेलपालाप र सह-उपभोग भन्ने धारणाले विश्वका विभिन्न देशका जनताको साझा इच्छाको प्रतिनिधित्व गरेको छ। यसबाट सारा विश्वमा विकलाङ्ग कार्यका लागि महत्वपूर्ण मानसिक सम्पदाको सिर्जना गरिएको छ।"

                एकपछि अर्कोगरी आयोजना गरिएको पेचिङ्ग ओलम्पिक खेलकुद र पैचिङ्ग पारा ओलम्पिक खेलकुदमा सेवाको प्रत्याभूति, रंगशाला, उत्साहजनक दर्शक र ध्यानपूर्वक काम गर्ने स्वयँ सेवक लगाएत सबै कुरा उस्तै राम्रो देखिएको छ। पैचिङ्ग पारा ओलम्पिक खेलकुद शुरु हुनुअघि एक अर्ब तीस करोड चिनियाँ जनताले सारा विश्वसमक्ष दुइटा ओलम्पिक खेलकुदलाई उस्तै रमाइलो पार्ने प्रतिबद्धता जनाएका थिए। पैचिङ्ग पारा ओलम्पिक खेलकुद सम्पन्न भएपछि अन्तर्राष्ट्रिय समाजले पनि यसको उच्च मूल्याँकन गरेको छ। सो दिवा भोजअघि अन्तर्राष्ट्रिय पारा ओलम्पिक समितिका अध्यक्ष फिलिप क्राभिनले पत्रकार सम्मेलनको आयोजना गरी पैचिङ्ग पारा ओलम्पक खेलकुद निकै रमाइलो र सफल भएको कुरा बताउनुभएको छ। उहाँले अगाडि भन्नुभयोः

               "केही मानिसहरुले आफ्नो जिन्दगीमा यस्तो रमाइलो खेल, उच्च स्तरीय प्रतिद्बन्दिता, महान खेलकुदको भावना, राम्रो अभिनय तथा उत्तम गुणस्तरबारे अनुभव गर्न पाएको यो पहिलो अवसर होला। विकलाङ्ग कार्यमा चीनले गरेको प्रयासका लागि म बधाई दिन चाहन्छु।"

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040