चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता च्याङ्ग युले आज पैचिङ्गमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै जापानले दु:खग्रस्त चिनियाँ कामदारहरुको उचित आग्रहको निष्ठापूर्वक व्यवहार गर्नसक्ने आशा चीनले गरेको कुरा औंल्याउनुभयो।
सन् 1943देखि सन् 1945सम्मको अवधिमा चीनको थिचोमिचो गर्ने जापानी सेनाले अधिकांश चिनियाँलाई लुटेर जापानका विभिन्न क्षेत्रमा रहेका खनिज तथा इन्जिनियरिङ अखडामा काम गराएको थियो। ती चिनियाँ कामदारहरुले धेरै दु:खकष्ट भोगेका थिए। हिजोदेखि जापानमा रहेका दु:खग्रस्त चिनियाँ कामदारहरुको राष्ट्रिय संघको पाँचौं सम्मेलन चीनको शान तुङ्ग प्रान्तको चि नान शहरमा आयोजना भएको छ।
प्रवक्ता च्याङ्ग युका अनुसार, कामदारलाई लुटेर काम गराइएको कारवाई जापानी युद्धवादीले चिनियाँ जनतामाथि गरेको गम्भीर अपराधहरुमध्येको एक हो। चीनले त्यस समस्याको निष्ठापूर्वक व्यवहार गर्न जापान सरकारसँग आग्रह गरेको कुरा पनि प्रवक्ता च्याङ्ग युले बताउनुभयो।
|