चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता च्याङ्ग युले आज पैचिङ्गमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै जर्जियामा तैनाथ राष्ट्र संघीय पर्यवेक्षण दलले आफ्नो कार्यलाई निरन्तर रुपमा बहन गर्दैजाने कुरालाई चीनले समर्थन गरेको कुरा बताउनुभयो।
जर्जियामा तैनाथ संयुक्त राष्ट्र संघको पर्यवेक्षण दल सन् 1993को अगष्ट महिनामा गठन भएको थियो। हाल त्यसमा जम्मा एक सय उन्नतीसजना सैनिक पर्यवेक्षक तथा चौधजना राष्ट्र संघीय प्रहरीहरु समावेश छन्।
जर्जियामा तैनाथ संयुक्त राष्ट्र संघको पर्यवेक्षण दल गठन भएयता अब्खाजिया क्षेत्रको शान्ति तथा स्थिरताको संरक्षण गर्ने सन्दर्भमा महत्वपूर्ण भूमिका निर्वाह गर्दैआएको कुरा पनि प्रवक्ता च्याङ्ग युले औंल्याउनुभयो।
|