 श्रीलंकाली पारा ओलम्पिक खेलकुद प्रतिनिधि मण्डलका प्रमुख राजिभ विक्रमासिंहले चिनियाँ खानालाई बढी ध्यान दिनुभएको छ।
यहाँ हामीले सांच्चिकै चिनियाँ खाना खान पाएका छौं। निकै मिठो छ। चिनियाँहरु धेरै चलाख छन। यस्तो मिठो खाना उनीहरुले के-कसरी बनाएका होलान? भन्ने कुरा मैले थाहा पाउन खोजेको छु।
सधैं स्वयंसेवकहरुको मुस्कानका साथै हँसिलो अनुहारले पनि खेलाडीहरु तथा प्रशिक्षकहरुद्वारा गरिएको उच्च मूल्यांकन पाएका छन। श्रीलंकाली पारा ओलम्पिक खेलकुद प्रतिनिधि मण्डलका प्रमुख राजिभ विक्रमासिंहले पारा ओलम्पिक खेलकुदका स्वयंसेवकहरुको मुस्कान आफूलाई आनन्द लागेको कुरा वताउनुभयो।

मैले कहिल्यै पनि यस्तो उत्साहजनक स्वयंसेवकहरु भेटेको थिइन। उनीहरुको राम्रो सेवाले हामी जस्तै विदेशीहरुलाई पैचिङमा बस्ने हरेक दिन आनन्द लागेको छ।
ली श्युन एक जना स्वयंसेवक हुन। उनको काम हरेक दिन बस चलाएर विभिन्न देशका पत्रकारहरुलाई ओलम्पिक खेलकुदको मुख्य प्रेस केन्द्र तथा राष्ट्रिय पौडी केन्द्र "वाटर क्युब" पुर्याउनु हो। प्रत्येक दिन उनको काम गर्ने समय बाह्र घण्टा रहेको छ। तथापि त्यसप्रति उनलाई दिक्क लागेको छैन।
किनभने हरेक दिन विभिन्न किसिमका खेलाडीहरु भेट्नसक्ने तथा विभिन्न कुरा भेट्नसकिन्छ। यो एउटा रमाइलो कुरा हो। पारा ओलम्पिक खेलकुदको प्रक्रिया आधा भइसकेको छ। बाँकी दिनहरुमा हामीले सकारात्मक धारणामार्फत अन्तिम चरणको जिम्मेवारी राम्रोसँग पूरा गर्नेछौं।
थाहा भए अनुसार, समाचार संकलन गर्न चीन र विदेशका छ हजार जना पत्रकारहरुले पारा ओलम्पिक खेलकुदमा भाग लिएका छन। उनीहरुले पारा ओलम्पिक खेलकुदको संयोजन कार्यको कसरी मूल्यांकन गरेका छन त?
जर्मनीको ए.आर.दि टेलिभिजन स्टेशनका पत्रकार हेनट्रिक बाबकहासले अहिलेसम्म आफूले कुनै पनि समाधान गर्ननसक्ने समस्या नभेटेको कुरा वताए।
अहिलेसम्म हामीले कुनै पनि समस्या भेटेका छैनौं। हामीसँग प्रश्न अथवा मांग भएको खण्डमा स्वयंसेवकहरुले हामीलाई सघाउँछन।

पारा ओलम्पिक खेलकुदका दर्शकहरुको उत्साह ओलम्पिक खेलकुदको अवधिमा घटेको छैन। दर्शकहरुले पारा ओलम्पिक खेलकुदमा प्रसिद्ध खेलाडीको अभावको कारण उत्साह घटेको सट्टामा पारा खेलाडीहरुको अथक प्रयासका साथै सहृदयी भावनाको सम्मान गरेका छन।
|