china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    नेपालका रक्षामन्त्री रामबहादुर थापा वादल चीन भ्रमणका लागि आज काठमाडौँबाट चीन प्रस्थान गर्दैहुनुहुन्छ
    (GMT+08:00) 2008-09-23 20:11:41    
             चीन भ्रमणका लागि रक्षामन्त्री रामबहादुर थापा वादल आज साँझ काठमाडौँबाट चीन प्रस्थान गर्दैहुनुहुन्छ । चिनियाँ रक्षा मन्त्रालयको निमन्त्रणामा उहाँ चीन जान लाग्नु भएको हो । रक्षामन्त्री बादलको चीन भ्रमण एक साताको रहेको छ ।

             संविधानसभाको निर्वाचनपछाडि गठित नयाँ सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सूचना तथा सञ्चार मन्त्री कृष्णबहादुर महराले नेपालको अशल छिमेकी मित्रराष्ट्र चीनको भ्रमण गरिसक्नुभएको छ । यसै सन्दर्भमा रक्षा मन्त्री बादलले आफू मन्त्री भएपछि पहिलो चोटी चीनको भ्रमण गर्दैहुनुहुन्छ । उहाँले चिनियाँ समकक्षी नेताहरुसँग दुई पक्षीय भेटवार्ता गर्नुहुनेछ ।

             नेपालको शान्ति प्रक्रिया, संविधानसभाको निर्वाचन तथा त्यसपछाडि संविधान निर्माण प्रक्रियामा चीनले नेपाललाई सहयोग गर्दै आएको छ । प्रधानमन्त्री प्रचण्डको भ्रमणका क्रममा पनि नेपालको कोशी नदीमा बाँध भत्किएर भएको क्षतिप्रति चीन सरारकाले सहानुभूति स्वरुप सहयोग गर्ने बताइसकेको छ ।

             रक्षा मन्त्री बादलले चीन भ्रमणका क्रममा चिनियाँ जनसेनाको कवाज पनि अवलोकन गर्नुहुनेछ । चिनियाँ जनसेना संसारकै सबैभन्दा ठूलो सेना हो । चीन भ्रमणका क्रममा रक्षामन्त्री बादलले महत्वपूर्ण तथा ऐतिहासिक चिनियाँ स्थानको अवलोकन पनि गर्नुहुनेछ । उहाँले अध्यक्ष माओत्सेतुङ्गको शव भवनको अवलोकन, ग्रेटवालको अवलोकन तथा अन्य सांस्कृतिक सम्पदाको अवलोकन गर्नुहुनेछ ।

            नेपाली सेनालाई लोकतान्त्रिकरण गर्न तथा चीनबाट नेपाली सेनाका लागि अत्याधुनिक प्राविधिक सहयोग जुटाउने क्रममा पनि रक्षामन्त्रीको यो चीन भ्रमण महत्वपूर्ण हुने ठानिएको छ ।

            चेतनाथ आचार्य

            सि.आर.आई.

             काठमाडौँ

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040