 चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता च्याङ युले आज पैचिङमा बोल्दै चीन सरकारले आयात र निर्यात गर्ने उत्पादक बस्तुको गुणस्तर तथा खाद्य पदार्थको सुरक्षा कार्यलाई उच्च महत्व दिएको कुरा बताउनुभयो।
आज परराष्ट्र मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रदुषित धूलो दूधलाई विदेशमा निर्यात गरिएको समस्याको चीनले कसरी समाधान गर्ने भन्ने विषयबारे एकजना पत्रकारको प्रश्नको जवाफमा प्रवक्ता च्यांग युले चीनमा भेटिएको प्रदुषित धूलो दूधप्रति सम्बन्धित मुलुक तथा क्षेत्रको चासो चीनले बुझेको कुरा बताउनुभयो। चीनको सम्बन्धित विभागले सम्बन्धित मुलुक तथा क्षेत्रका खाद्य पदार्थको सुरक्षासम्बन्धी विभागसँग सहयोग गरी निष्पक्ष तथा वैज्ञानिक धारणामार्फत् सम्बन्धित समस्याको उचित रुपमा समाधान गर्नेछ।
प्रवक्ता च्यांग युका अनुसार, उक्त घटना देखा परेपछि चीनको सम्बन्धित विभागले विश्व स्वास्थ्य संगठन तथा अरु देशलाई सुनाएको छ। यसका साथै चीनले प्रदुषित धूलो दूधको निर्यातको अवस्थालाई चौतर्फी रुपमा छानबीन गर्नुका साथै सम्बन्धित व्यवसायलाई प्रदुषित उत्पादक बस्तु फर्काउन आग्रह गर्नुभयो।
|