चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता श्री च्याङ्ग युले आज तेईस तारिख पैचिङ्गमा बोल्दै जापानसित संयुक्त प्रयासमार्फत् चीन र जापानबीचको सम्बन्ध अघि बढाउंन चीन इच्छुक रहेको कुरा बताउनुभएको छ।
आजको नियमित पत्रकार सम्मेलनमा उहाँले चीनले चीन र जापान बीचको सम्बन्धलाई स्वस्थ र स्थिर पार्नु दुई मुलुक र जनताका साझा हितका कुरा भएको जनाउनुभयो। चीनले चीन र जापानबीचमा सम्पन्न चार राजनैतिक दस्तावेजहरुमा निर्धारित सैद्धान्तिक आधारमा निरन्तर र चौतर्फी रुपमा दुई मुलुकका नेतागणबीचमा सम्पन्न भएका विभिन्न मतैक्यलाई व्यवहारमा उतारी चीन र जापानबीचको रणनैतिक पारस्परिक सम्बन्ध बढाउन चीन इच्छुक भएको बताउनुभएको छ।
|