china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    नेपाल भारतबीचको खुला सिमाना नै चीनबिरोधी गतिविधिको कारक तत्व भएको कुरा चीन अध्ययन केन्द्रका अध्यक्षले बताउनु भएको छ।
    (GMT+08:00) 2008-09-24 16:00:10    

          नेपालमा हुने चीन बिरोधी गतिविधिहरु भारत र पश्चिमा मुलुकको उक्साहटबाट भएको कुरा चीन अध्ययन केन्द्रका अध्यक्ष मदन रेग्मीले बताउनु भएको छ। अध्यक्ष रेग्मीले ऐक्यवद्धता मासिक पत्रिकाले प्रकाशन गरेको नेपाल चीन सम्बन्ध विशेषमा उपलब्ध गराउनु भएको लेखमा सो बिचार व्यक्त गर्नु भएको हो।

               भारतले नेपालमाथि लादेको खुला सिमाना चीनलाई टुक्रयाउने अभियानका लागि सहयोगी बन्न पुगेको व्यक्त गर्दै अध्यक्ष रेग्मीले लेख्नुभएको छ "नेपालप्रति प्रगाढ मित्रता राख्तै आएको चीनले यसलाई अत्यन्त गम्भीरताका साथ लिनु स्वाभाविक छ। चीनले नेपालप्रतिको सद्‍भाव र नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता र प्रादेशिक अखण्डताप्रति निरन्तर समर्थन गर्नु र विस्तावादीलाई उसले दिँदै आएको चेतावनी नेपालको सार्वभौमिक सत्तालाई टिकाइ राख्न ठूलो योगदान सिद्ध भएको छ।"

              नेपाललाई चीन बिरोधीहरुको क्रिडास्थल बन्न दिनु एक अशल छिमेकी मित्रमाथिको घात हो भन्दै अध्यक्ष रेग्मीले लेखमाफत भन्नु भएको छ "चीन बिरोधी गतिविधि गराउने र गर्न दिने दुवै चीनका शत्रु हुन् र चीनले यसलाई हेरेर बस्न सक्ने सम्भावना छैन।"

              नेपाल र चीनबीचको सांस्कृति सम्बन्ध छैँटौँ शताब्दीदेखि सुरु भएको उल्लेख गर्दै अध्यक्ष रेग्मीले सांस्कृतिक सम्बन्धबाट राजनीतिक तथा आर्थिक सम्बन्धले जरो गाडेको उल्लेख गर्नुभएको छ। भरखरै नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणका समयमा चिनियाँ राष्ट्रपति तथा प्रधानमन्त्री र चिनियाँ कम्युनिष्ट पार्टीका नेतासँग भएको दुई पक्षीय कुराकानी नेपालको हितमा र दुई देशबीचको सम्बन्धलाई अझै उचाइमा लाने मार्गचित्र भएको पनि उहाँले आफ्‍नो लेखमा उल्लेख गर्नुभउको छ‌।

    चेतनाथ आचार्य

    सि.आर.आई.

    काठमाडौँ

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040