 चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता लिउ चेन छाउले आज पैचिङमा बोल्दै शन चौ सात मानवसहितको उडान अन्तरिक्षको शान्तिपूर्ण रुपमा प्रयोग गर्न चीनको एउटा महत्वपूर्ण कदम हो भन्ने कुरा बताउनुभयो।
आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता लिउ चेन छाउले उक्त कुरा बताउनुभएको हो। उहाँका अनुसार, अन्तरिक्षको शान्तिपूर्ण रुपमा प्रयोग गर्ने अडान चीनले लिंदै आएको छ। चीनको मानवसहित उडानसम्बन्धी परियोजनाको आधारभूत उद्देश्य बाहिरी अन्तरिक्षको आविष्कार तथा त्यसलाई शान्तिपूर्ण रुपमा प्रयोग गर्नुका साथै स्वदेशको आर्थिक निर्माण तथा जनताको हित-कल्याणलाई अघि बढाउनु हो।
|